भूकम्प प्रभावीतलाई २५ लाख सहयोग गर्ने काठमाडौं उपत्यका मेयर्स फोरमको निर्णय

काठमाडौं: काठमाडौ उपत्यका मेयर्स फोरमले भूकम्प प्रभावीतलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । ललितपुर महानगरको सभाहलमा आइतबार बसेको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावीतलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको हो ।    

नगरकोटको सिमांकन टुंग्याउन प्रारम्भीक चरणको काम शूरु

नगरकोट:  काठमाडौं, भक्तपुर र काभ्रेपलाञ्चोकको संगमस्थल नगरकोटको सिमाङ्कन टुंग्याउन प्रारम्भीक चरणको काम शूरु गरिएको छ । नापी विभागका अधिकृत डिल्लीप्रसाद दाहालको संयोजकत्वमा काठमाडौं, भक्तपुर र काभ्रेका चार नगरका जनप्रतिनिधि सम्मिलित समितिले सिमांकन टुग्याउन प्रारम्भीक चरणको काम शूरु गरेको हो । सिमांकनका लागि नापी विभागका नापी अधिकृत दाहालको संयोजकत्वमा चारै नगरका नगर प्रमुख, वडाअध्यक्षलगायत जनप्रतिनिधि तथा […]

निर्वाचनमा धाँधली भयो भन्नु हार पछिको रोईलो मात्र हो: नवनिर्वाचित अध्यक्ष केसी

काठमाडौं: एनआरएनएका नवनिर्वाचित अध्यक्ष डा.बद्री केसीले निर्वाचनको परिणामलाई लिएर भएका असन्तुष्टिलाई हार पछिको रोईलोको संज्ञा दिनु भएको छ । अक्टोबर १७–२० मा भएको निर्वाचनको परिणामले धेरै असन्तुष्टिहरु निम्तिएका थिए । नवनिर्वाचित अध्यक्ष डा. के.सीले सपथ ग्रहण गरेसंगै अर्को पक्षले परिणामलाई अस्विकार गर्दै समानान्तर कमिटि गठन गरेको थियो । सो असन्तुष्टिका बिच अध्यक्ष के.सीले सबै पक्ष […]

नेपालमा लगानी र सिप भित्राउन चाहने हरेक गैर आवासीय नेपालीले नागरिकता लिनुपर्छ: सोनाम लामा

काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व उपाध्यक्ष तथा नेपाली नागरिकता निरन्तरता कार्यदलका संयोजक सोनाम लामाले नेपालमा लगानी, सिप भित्राउन चाहने, आफ्ना सन्तान नेपाल गएर मातृभूमिसँग जोडिउन् भन्ने चाहने हरेक गैर आवासीय नेपालीले नागरिकता लिनुपर्नेमा जोड दिनु भएको छ । गैर आवासीय नागरिकता कार्यान्वयनमा आएपछि लामाले अलमलनमा नपरी नागरिकता लिनुपर्ने बताउनु भएको हो […]

सहमति, सहकार्य र एकता अहिलेको प्रमुख आवश्यकता: महेश कुमार श्रेष्ठ

काठमाडौं : गैर आवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष महेश कुमार श्रेष्ठले सहमति , सहकार्य र एकता अहिलेको प्रमुख आवश्यकता रहेको बताउनु भएको छ । ११ औं महाधिवेशन पछिको पछिल्लो घटनाक्रमको विषयमा आफ्नो धारणा राख्दै अध्यक्षका प्रत्यासी समेत रहनु भएको श्रेष्ठले सहमति, सहकार्य र एकता अहिलेको प्रमुख आवश्यकता रहेको औल्याउनु भएको हो । ‘हिले गैरआवासीय नेपाली […]

गल्ती सबैबाट भएको छ, अब सुध्रनुको बिकल्प छैन: कृष्णजीवी पन्थ

काठमाडौं:  गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले एनआरए अभियानलाई अगाडि बढाउने क्रममा गल्ती सबैबाट भएकाले अब सुध्रनुको बिकल्प नभएको बताउनु भएको छ । ११ औं महाधिवेशनपछि उत्पन्न पछिल्लो संकटको विषयमा आफ्नो धारणा राख्नुहुँदै पन्थले गल्ती सबै पक्षबाट भएको बताउनु भएको हो । उहाँले आफूलाई पदको कुनै लोभ नभएको बताउनुभयो । ‘म थाकेको […]

म कुनै कमिटिमा नरहँदा पनि सबै समेटिने एनआरएनए बनाउने अभियानमा मेरो सक्रियता रहनेछ: सुनील साह

काठमाडौ: गैर आवासीय नेपाली संघका निवर्तमान कोषाध्यक्ष सुनील साहले एनआरएनएमा कोही व्यक्ति विजयी वा उपविजयी भन्दा धेरैं माथि एनआरएन अभियान भएकाले अभियानलाई अगाडि बढाउन सबै पक्ष सचेत र सजग हुनुपर्नेमा जोड दिनुभएको छ । एनआरएनए संस्था भएकाले अभियानमा लाग्नेहरूले ईगो वा व्यक्तिगत प्रतिष्ठाको बिषय बनाउन नहुने साहको भनाई छ । ‘म आफू अभियानमा बढी विश्वास […]