गल्ती सबैबाट भएको छ, अब सुध्रनुको बिकल्प छैन: कृष्णजीवी पन्थ

काठमाडौं:  गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले एनआरए अभियानलाई अगाडि बढाउने क्रममा गल्ती सबैबाट भएकाले अब सुध्रनुको बिकल्प नभएको बताउनु भएको छ । ११ औं महाधिवेशनपछि उत्पन्न पछिल्लो संकटको विषयमा आफ्नो धारणा राख्नुहुँदै पन्थले गल्ती सबै पक्षबाट भएको बताउनु भएको हो ।

उहाँले आफूलाई पदको कुनै लोभ नभएको बताउनुभयो । ‘म थाकेको पनी छैन, हारेको पनी छैन र संस्थालाई बिश्वासीलो, पारदर्शी एबं कामकाजी बनाउने अभियानमा मेरो जुनसुकै योगदान रहने सहर्ष जानकारी गराउन चाहन्छु’, ११ औं महाधिवेशनमा सचिव पदको प्रत्यासी समेत रहनु भएको पन्थले भन्नु भएको छ, ‘मतदाता साथीहरुले देखाउनु भएको स्नेह प्रती अनुग्रहित छु । निर्वाचनमा होमिएपछी हार जित स्वाभाविक हो । पद मेरा लागी हिजो पनि गौण थियो र आज पनि गौण नै छ । बिधी , बिधान एबं प्रकृया अनुसार संस्था चल्नु पर्छ भन्ने कुरामा म प्रष्ट छु ।’

उहाँले सबैको साझा संस्थालाई सहमती ,सहकार्य एबं समन्वय बाटो बाटै चलाउनुपर्नेमा जोड समेत दिनु भएको छ ।

पन्थको भनाई जस्ताको तस्तै:-

गैरआवासीय नेपाली संघको निर्बाचनमा मलाई मतदान गर्नुहुने एबं सम्पुर्ण शुभचिन्तकहरुको साथ, सहयोग एबं समर्थनको लागी हार्दिक आभार ब्यक्त गर्दछु ।

निर्बाचन पुर्ब कर्मभुमी अमेरिका लगायत युरोप , मध्यपुर्ब एबं एशियाका बिभिन्न मुलुकमा पनि पुगेको थिए । बिदेशमा रहेका नेपालीहरुको प्रगतीमा उत्साहित हुदै दुःखमा रहेका नेपालीहरुको सारथी कसरी बन्न सकिन्छ भनेर म सधै सोचमग्न थिए । म यही विश्वास एबं समर्पण सम्हाल्दै एनआरएनको चुनावी अभियानमा सचिव पदमा उम्मेदवारी दिएको थिए । नेतृत्वको कमि कमजोरीको कारण खस्कदै गएको अभियानमा जब राष्ट्रपतीद्वारा उदघाटन गरिएको कार्यक्रममा हजारौको उपस्थितिले गर्दा संस्थाले जितेको अनुभुति भएको थियो । तर निर्वाचन परिणामको घोषणामा प्राबिधिक त्रुटि देखियो । परिणाम घोषणा गरिएका अंक हरु खसेको मत संग मेल खाएको देखिएन । अन्य बिबिध प्राविधिक त्रुटिहरु प्रष्ट देखिए । त्यसपछी तत्काल सम्पुर्ण कार्यक्रमहरु स्थगित गर्ने अध्यक्ष त्रयको पत्र देखेपछी हामी स्वतन्त्र एबं निस्पक्ष छानबिन हुने कुरामा ढुक्क थियौ। तर अध्यक्ष त्रयको निर्णय सार्वजनिक भएको पत्रको मसी सुक्न नपाउदै गुपचुप ढड्गबाट सपथ खुवाइएको बिषयले सबैमा संशय पैदा गरायो । सहमती बिपरित अध्यक्षद्वय , आईएस एबं उम्मेदवारहरुलाई समेत गुम्राहमा राखेर विजेता भनिएकाहरुले गरेको कार्य गलत छ । यसै क्रममा हामी बाटपनी समानन्तर समिति गठन गरेर कमीकमजोरी भएको छ , यसको जीम्मेवारी लीन म तयार छु ।

यद्वपी हामी सबैको साझा संस्थालाई सहमती ,सहकार्य एबं समन्वय बाटनै चलाउनु पर्छ भन्ने कुरामा हामी सबै एकमत हुनु पर्छ ।

म मतदाता साथीहरुले देखाउनु भएको स्नेह प्रती अनुग्रहित छु । निर्वाचनमा होमिएपछी हार जित स्वाभाविक हो । पद मेरा लागी हिजो पनि गौण थियो र आज पनि गौण नै छ । बिधी , बिधान एबं प्रकृया अनुसार संस्था चल्नु पर्छ भन्ने कुरामा म प्रष्ट छु ।

थाकेको पनी छैन, हारेको पनी छैन र संस्थालाई बिश्वासीलो , पारदर्शी एबं कामकाजी बनाउने अभियानमा मेरो जुनसुकै योगदान रहने सहर्ष जानकारी गराउन चाहन्छु । जय एनआरएनए ।

भवदीय
कृण्ण जीबी पन्थ


प्रकाशित | १० कार्तिक २०८०, शुक्रबार २०:३४