काठमाडौं : आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकप खेल्ने नेपाली यू१९ टोलीको सपना अधुरै बनेको छ । मलेसियामा जारी आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा युएईले ओमानलाई १० विकेटले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेपछि नेपालको सपना अधुरै भएको हो । ओमानले प्रस्तुत गरेको १ सय ६ रनको सामान्य लक्ष्य यूएईले […]
काठमाडौं (हाम्रो खेलकुद) : आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको दोस्रो खेलमा नेपाल यूएईसँग डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको छ । यस पराजयले नेपालको विश्वकपमा छनोट हुने लक्ष्यमा ठूलो धक्का पुगेको छ । नेपालले प्रस्तुत गरेको २ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ३० ओभरमा ३ विकेटको क्षतिमा १ सय २२ […]
काठमाडौं: आठौं राष्ट्रिय खेलकुद आजदेखि सुरु हुँदैछ । आठौं राष्ट्रियको औपचारिक उद्घाटन भने वैशाख ५ गते हुनेछ । आज आठौं राष्ट्रिय खेलकुद अन्तर्गत विभिन्न ५ खेलका प्रतिस्पर्धा समेत हुँदैछ । पूर्व निर्धारित तालिका नुसार उदघाटन अघि नै ५ खेल हुन लागेको हो । आज दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद […]
काठमाडौंः म्यानमारमा जारी ओलम्पिक महिला फुटबल छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल भारतसँग ३—१ ले पराजीत भएको छ । यो नेपालको लगातार दोस्रो हार हो । शनिबार भएको खेलमा नेपालकी कप्तान निरु थापाले एक गोल गर्नुभयो । भारतविरुद्ध पहिलो हाफमा १—१ गोलको बराबरी खेलेपनि नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो । खेलको छैटौं मिनेटमा […]
काठमाडौँ – आगामी वैशाख ५ गतेदेखि हुने आठौँ राष्टिय खेलकूद प्रतियोगिताको तालिका सार्वजनीक भएको छ । प्रदेश नम्बर ५ मा आयोजना गरिने खेलकुदको तालिका सार्वजनीक गरिएको हो । तालिका अनुसार धरैजसो खेल बाँकेमा हुने भएको छ । शुक्रबार आठौँ राष्टिय खेलकूदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकूद परिषद्ले आज खेलतालिका सार्वजनीक गरेको हो । तालिका अनुसार […]
काठमाडौँ -२३ वर्षमुनिको एएफसी ९यू–२३० च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो । छनोट चरणमा नेपालको यो तेस्रो हार हो । समूह ‘ए’ मा रहेको नेपाल जितविहीन रह्यो र अङ्कतालिकाको अन्तिम स्थानमा रहँदै प्रतियोगिता […]