किन दुख्छ ढाड ? कारण, लक्षण र उपचार

प्राडा पशुपति चौधरी मेरुदण्डको संरचनामानव शरीरको मेरुदण्ड ३३ वटा हाडले बनेको हुन्छ र यो गर्धनदेखि कम्मरसम्म जान्छ। मेरुदण्डलाई भर्टिब्राईबाट बनेका ५ वटा खण्डमा विभाजित गर्न सकिन्छ। गर्धनको ७ वटा सर्भिकल भर्टिब्राई, १२ वटा थोरासिक भर्टिब्राई, ५ वटा लम्बर, ५ वटा सार्कल र ४ वटा कक्सिजियल भर्टिब्राई। यी भर्टिब्राई लिगामेन्ट, मांसपेसी, फसेट जोर्ने र इन्टरभर्टिब्रल डिस्कहरुद्वारा […]

कोभिड-१९ : मधुमेहका बिरामीलाई कति खतरा ?

डा अनिल यादव मधुमेह के हो ?शरीरमा ऊर्जा उत्पादनको लागि ग्लुकोज अति आवश्यक हुन्छ। ग्लुकोज शरीरको कोषभित्र छिर्न इन्सुलिन हार्मोनले सहयोग गर्छ। जब शरीरमा इन्सुलिन हार्मोन उत्पादन रगतमा पर्याप्त हुँदैन वा इन्सुलिन पर्याप्त हुँदा पनि काम गर्न छोड्छ, जसले गर्दा शरीरमा चिनीको मात्रा अत्यधिक बढेर जान्छ। त्यसलाई नै मधुमेह भनिन्छ। नेपालमा मधुमेह रोगी धेरै छन् […]

‘कोरोना नियन्त्रणको ‘बल’ नागरिकको ‘कोर्ट’मा पुगेको छ’

मान्छे यस्तै अटेरी भएमा समस्या निरन्तर रहिराख्छ डा शेरबहादुर पुन सरकारले निषेधाज्ञा लागू गरेपछिका हरेक दिन कोरोना संक्रमितको दर बढेको देखिन्छ। कतिले निषेधाज्ञापछि बढेको रुपमा यसलाई बुझेको पाइएको छ। यो निषेधाज्ञा गर्नुअघि सरेको संक्रमणको नतिजा हो। निषेधाज्ञाको एक हप्तादेखि दुई हप्तासम्म यो दरमा संक्रमित भेटिएलान्। त्यसपछि मात्रै निषेधाज्ञाको प्रभाव देखिन थाल्नेछ।  संक्रमण र मृत्युको यो […]

६ महिना आइसियुमा कोभिड-१९ का बिरामी हेर्दा मैले जे देखें, जे भोगें

डा पार्शल भण्डारी म पाकिस्तानको लाहोर जनरल हस्पिटलमा एनेस्थेसिया एन्ड इन्टेन्सिव केयर (आइसियु) मा विशेषज्ञता हासिल गर्दै गरेको डाक्टर हुँ। विगत ६ महिनादेखि सोही अस्पतालको आइसियुमा रहेका कोभिड-१९ संक्रमित बिरामीको सेवा गर्दै आएको छु। यस क्रममा मैले जे देखें, भोगें र अनुभव गरें, त्यही आधारमा आम मानिसको सचेतनाका लागि यो सामग्री प्रस्तुत गरेको छु। १.   […]

थलिँदै स्वास्थ्यकर्मी

समीक्षा लामिछाने पछिल्लो समय कोभिड संक्रमितको संख्या उल्लेखनीय रुपमा बढेसँगै अग्रमोर्चाका स्वास्थ्यकर्मीहरु झनै जोखिमतर्फ धेकेलिएका छन्। त्यसै पनि राज्यको उपेक्षा र समाजको विभेदले पटकपटक अपहेलित हुँदै आएका चिकित्सक र अन्य स्वास्थ्यकर्मी आफैं कोरोना भाइरसको संक्रमण झेल्न विवश बन्दै आएका छन्। पछिल्ल्लो समयका केही घटनाहरुले त झन् आफ्नै ज्यान जोखिममा राखेर कार्य गर्नेहरुलाई नराम्ररी हतोत्साही बनाएको […]

म मुस्कुराउँदै फर्किने छु आमा!

संगीता विश्वकर्मा  दर खाने दिनको बिहानी डयुटी जाने तरखर गर्दै थिएँ, आमाले फोनमा भन्नुभयो, ‘वरपर सबैका घर उज्यालो भयो तर हाम्रो घरमा शून्यता छायो, तिमी आइनौ छोरी।’ बोली फुटेन, भक्कानिँदै फोन राखेँ अनि आँखाबाट गंगा बगाएँ, तबमात्र मन अलि हल्का भयो। भित्तामा हेरें, घडीले साढे सात बजाइसकेछ। खाना खान मन लागेन, कपडा लगाएँ अनि ड्युटी […]

कोभिड-१९ संक्रमणबारे २१ भ्रम र यथार्थ

डा जयप्रकाश साह  विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड-१९) श्वास-प्रश्वासको माध्यमबाट सर्ने रोग हो। संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिटाको माध्यमबाट अर्को व्यक्तिमा यो भाइरस सर्छ। कोभिड-१९ का बिरामीलाई ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने,  जिउ गह्रुङ्गो लाग्ने, झाडा-पखाला लाग्ने, जिब्रोले स्वाद नपाउने  जस्ता लक्षण देखा पर्छन्। […]