नगरकोटको सिमांकन टुंग्याउन प्रारम्भीक चरणको काम शूरु

नगरकोट:  काठमाडौं, भक्तपुर र काभ्रेपलाञ्चोकको संगमस्थल नगरकोटको सिमाङ्कन टुंग्याउन प्रारम्भीक चरणको काम शूरु गरिएको छ । नापी विभागका अधिकृत डिल्लीप्रसाद दाहालको संयोजकत्वमा काठमाडौं, भक्तपुर र काभ्रेका चार नगरका जनप्रतिनिधि सम्मिलित समितिले सिमांकन टुग्याउन प्रारम्भीक चरणको काम शूरु गरेको हो ।

सिमांकनका लागि नापी विभागका नापी अधिकृत दाहालको संयोजकत्वमा चारै नगरका नगर प्रमुख, वडाअध्यक्षलगायत जनप्रतिनिधि तथा काठमाडौँ, काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाका नापी कार्यालय प्रमुख एवं प्रतिनिधि, सम्बन्धित स्थानीय तहका नापी शाखा प्रमुख तथा प्राविधिक सम्मिलित समिति गठन गरिएको थियो ।

चाँगुनारायण नगरपालिकाका नगर प्रवक्ता जनक खत्रीका अनुसार शंकरापुरको कात्तिके भञ्ज्याङदेखि चाँगुनारायण नगरपालिकाको कलमसी हुँदै बनेपा नगरपालिकाको रोहीनीसम्मको सिमानाको टुंगो लगाउने काम शूरु गरिएको हो ।

समितिले स्थगत निरीक्षणपछि प्रतिवेदन पेश गर्दै केहि ठाउँमा देखिएको समस्यालाई समझदारी गरेर अगाडि बढ्ने गरि सिमांकनको टुंग्गो लगाउने कार्य शूरु गरेको प्रवक्ता खत्रीले बताउनुभयो ।

स्थगत निरीक्षणमा नापी विभागका नापी अधिकृत दाहलासहित चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, बनेपाका नगर प्रमुख शान्रित्न शाक्य, मण्डनदेउपुर नगरका प्रमुख टोकबहादुर वाइवा, शङ्खरापुरका नगर प्रमुख रमेश नापितलगायत जनप्रतिनिधि र पर्यटन ब्यवसायी तथा स्थानीय रहनु भएको थियो ।

त्यस्तै, चाँगुनारायण नगरपालिकाका वडा नंं ६, ७, ८ र ९ का वडाध्यक्षहरु, बनेपा १ र २, मण्डलदेउपुर नगरपालिकाका २ र ३ वडाका वडाध्यक्षहरु समेत सहभागि हुनुुहुन्थ्यो ।

तीन जिल्लाको केन्द्रको रुपमा रहेको नगरकोटलाई पर्यटन प्रबद्र्धन गर्नका लागि चारै नगरपालिकाले १०÷१० लाखको बजेट समेत विनियोजन गरेर अगाडि बढिरहेका छन् । नगरकोट भ्रमण वर्ष २०८२ को पूर्व सन्ध्यामा नगरकोटमा यही कात्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव समेत हुँदैछ । त्यसका अलवा भावी दिनमा पर्यटन पबद्र्धन र फोहोरमैला ब्यवस्थापनमा जोड दिन संयुक्त रुपमा नगरपालिकाका जनप्रतिनिधिहरु लागिपरेका छन् ।


प्रकाशित | १६ कार्तिक २०८०, बिहीबार १९:४५