सहमति, सहकार्य र एकता अहिलेको प्रमुख आवश्यकता: महेश कुमार श्रेष्ठ

काठमाडौं : गैर आवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष महेश कुमार श्रेष्ठले सहमति , सहकार्य र एकता अहिलेको प्रमुख आवश्यकता रहेको बताउनु भएको छ । ११ औं महाधिवेशन पछिको पछिल्लो घटनाक्रमको विषयमा आफ्नो धारणा राख्दै अध्यक्षका प्रत्यासी समेत रहनु भएको श्रेष्ठले सहमति, सहकार्य र एकता अहिलेको प्रमुख आवश्यकता रहेको औल्याउनु भएको हो ।

‘हिले गैरआवासीय नेपाली संघमा ठूलो विश्वासको संकट रहको बताउँदै श्रेष्ठले भन्नु भएको छ, ‘अहिले संघका हामी नेतृत्वहरु प्रति यति अविश्वास छ कि कुनै पनि तर्क वितर्कको कुनै सुनाई हुने अवस्था मैले देखेको छैन ।’

गैर आवासीय नेपाली संघ नित्तान्त सामाजिक संस्था भएको र यसलाई केवल प्राविधिक कुरा, तर्क ,वितर्कहरुले मात्र सवैको भावना समेटन्न नसकिने तर्फ नेतृत्व वर्गले बुझ्नुपर्नेमा  उहाँको जोड छ ।

 


प्रकाशित | १० कार्तिक २०८०, शुक्रबार २१:२६