निर्वाचनमा धाँधली भयो भन्नु हार पछिको रोईलो मात्र हो: नवनिर्वाचित अध्यक्ष केसी

काठमाडौं: एनआरएनएका नवनिर्वाचित अध्यक्ष डा.बद्री केसीले निर्वाचनको परिणामलाई लिएर भएका असन्तुष्टिलाई हार पछिको रोईलोको संज्ञा दिनु भएको छ । अक्टोबर १७–२० मा भएको निर्वाचनको परिणामले धेरै असन्तुष्टिहरु निम्तिएका थिए ।

नवनिर्वाचित अध्यक्ष डा. के.सीले सपथ ग्रहण गरेसंगै अर्को पक्षले परिणामलाई अस्विकार गर्दै समानान्तर कमिटि गठन गरेको थियो । सो असन्तुष्टिका बिच अध्यक्ष के.सीले सबै पक्ष र आइटीले निर्वाचनलाई नजिकबाट नियालेकोले परिणामबारे विरोध गर्नुको अर्थ नभएको बताउनु  भयो ।

भोट गर्ने कम्पनि उत्कृष्ठ रहेको भन्दै उहाँले कम्पनि छनौटमा पनि सबै पक्षका प्रतिनिधिहरुको सहभागिता रहेको उल्लेख गर्नु भयो । एनआरएनएनको अनलाईन निर्वाचन भेरो कम्पनीमार्फत गराइएको थियो । भेरोबारे प्रष्टिकरण दिनुहुँदै अध्यक्ष केसीले सो कम्पनीसंग आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पार्नु भयो ।

अर्कोतर्फ निर्वाचन समिति सर्वसम्मत रहेको डा. केसीको तर्क छ । धाँधली भए या नभएकोबारे छानबीन गर्न सबै पक्षलाई आब्हान पनि गर्नु भयो ।


प्रकाशित | १३ कार्तिक २०८०, सोमबार २०:३४