राष्ट्रिय निर्माण माविले जित्यो तेस्रो कागेश्वरी मनोहरा नगर स्तरीय राष्ट्रपति शिल्डको उपाधि, दोस्रोमा आनन्द र तेस्रोमा कान्ति भैरव

काठमाडौं: तेस्रो कागेश्वरी मनोहरा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नेपाल राष्ट्रिय निर्माण माविले हात पार्न सफल भएको छ । राष्ट्रिय निर्माण माध्यमिक विद्यालयले ८ स्वर्ण, ६ रजत र ५ कास्य गरी कुल १९ पदक प्राप्त गर्दै उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा ७ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल १७ […]

चाँगुनारायण नगरसभाको १४ औं अधिवेशन सम्पन्न, १० वटा सार्वजनीक महत्वका प्रस्तावहरु सर्वसम्मत पारित

भक्तपुर : चाँगुनारायण नगरपालिकाको १४ औं नगर अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ । नगरपालिकाको सभाहल खरिपाटीमा शुक्रबार आयोजीत नगर अधिवेशन भब्य रुपमा सम्पन्न भएको हो । अधिवेशनले विभिन्न विधेयकहरु र १० वटा सार्वजनीक महत्वका प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको छ । सभामा नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले चालू आर्थिक वर्षको थप नीति तथा कार्यक्रम […]

मध्यपुर थिमी नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्डको उपाधि आदर्श मावि सानोठिमीलाई , सुप्रिम दोस्रो र आदर्श मावि लायकू तेस्रो (फोटोफिचर)

भक्तपुर:  मध्यपुर थिमी नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिताको उपाधि आदर्श माध्यामीक विद्यालय सानोठिमीले हात पारेको छ । आइतबार सम्पन्न प्रतियोगितामा आदर्शले उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा सुप्रिम एकेडेमी दोस्रो र आदर्श मावि लायकू तेस्रो बन्न सफल भए । प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुने विद्यालय तथा विद्यार्थीहरुलाई नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख […]

सूर्यविनायक नगरपालिका ५ नंं वडा कार्यालय भवनको शिलान्यास, लागत ३ करोड १७ लाख

भक्तपुर:  सूर्यविनायक नगरपालिका वडा नंं ५ को भवनको शिलान्यास भएको छ । नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बुधबार वडा नंं ५ को वडा कार्यालय भवन र कुटुञ्जे स्वास्थ्य चौकीको शिलान्यास गर्नु भएको हो । सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले भवन निर्माणको लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने जुनसुकै सहयोग हुने बताउँदै भवन समयभित्रै निर्माण हुने विश्वास […]

सुदूर पश्चिम लगानी सम्मेलनका लागि प्रदेशका मुख्यमन्त्रीले गरे एनआरएनए पूर्वअध्यक्षहरुसँग परामर्श

काठमाडौं । सुदूर पश्चिम लगानी तथा विकास सम्मेलन २०८० को तयारीमा जुटेको सुदूर पश्चिम प्रदेश सरकारले आन्तरिक तथा बाह्य लगानी भित्र्याउन लगानीकर्ताहरुसँग भेटघाट र छलफल तीव्र पारेको छ । शनिवार काठमाण्डौंमा मुख्यमन्त्री कमल बहादुर शाह र गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष जीवा लामिछाने र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोबिचमा लगानी तथा […]

कागेश्वरी मनोहरा नगरपालिकामा अब घरबाटै नक्सापास गर्न सकिने

काठमाडौं:  कागेश्वरी मनोहरा नगरपालिकामा अब फाईल बोकेर घर नक्सा पास गर्न धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । नगरपालिकाले विद्युतीय नक्सा पास इबिपिएस प्रणाली लागू गरेसंगै घरनक्सा पासको लागि फाइल बोक्नुपर्ने बाध्यताको अन्त्य भएको हो । नगरपालिकालार्ई सूचना प्रविधिमैत्री बनाउने उद्देश्यले यहि मंसीरबाट विद्युतीय नक्सापास प्रणाली इबिपिएस लागू गरिएको नगर प्रमुख उपेन्द्र कार्कीले बताउनुभयो । […]

चाँगुनारायण नगरपालिकाद्वारा वडाका विपद् व्यवस्थापन समितिलार्ई आधारभूत खोज तथा उद्धार सामग्री वितरण

भक्तपुर : चाँगुनारायण नगरपालिकाले नगर क्षेत्र भित्र हुनसक्ने सम्भावित विपद्हरुलाई मध्येनजर गर्दै स्थानीयस्तरमै स्वयंसेवकहरु परिचालन गरी तत्काल प्रतिकार्य गर्नको लागि आवश्यक आधारभूत खोज तथा उद्धारका सामग्रीहरु प्रत्येक वडामा भण्डारणको व्यवस्था मिलाएको छ । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले आज एक कार्यक्रमका बीच वडाहरुलाई उक्त सामग्रीहरु हस्तान्तरण गर्नुभयो । उहाँले विपद् व्यवस्थापन शाखा मार्फत चाँगुनारायण […]