काठमाडौं – गैर आवासीय नेपाली संघमा असन्तुष्ट पक्षले आयोजना गर्न लागेको महाधिवेशन र विश्व सम्मेलन रोकिदिन प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई पत्राचार गरिएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री शेर बहादुर देउवा र परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई पत्र लेख्दै असन्तुष्ट पक्षको महाधिवेशन र विश्व सम्मेलन रोकिदिन आग्रह गर्नु भएको हो । ‘एनआरएनएले निर्वाचन, महाधिवेशन […]
काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया तत्काल रोक्नका लागि पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दुर्गा बहादुर विश्वकर्माको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि बुधबार (चैत्र ९ गते) बोलाउने र त्यतिन्जेल सम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। ‘यसमा के भएको […]
चीनमा १३२ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ । चाइना ईस्टर्न एअरलाइन्सको बोइङ विमान ग्वाङ्शी प्रान्तमा दुर्घटनामा परेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको हो। चीनको नागरिक उड्डयन प्रशासनले विमानमा १२३ जना यात्रु र नौजना चालकदलका सदस्य रहेको जनाएको छ। दुर्घटनाको कारण र कति मानिस हताहत भए भन्ने विवरण आइसकेको छैन। पहाडी भेगमा भएको बोइङ ७३७ जेट […]
माहे आइल्याण्ड – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले पहिलोपटक गणतन्त्र सेसेल्सको मन्त्री स्तरीय भ्रमण गर्नु भएको छ । यहि मार्च १८ तारिखदेखि २० तारिखसम्मको तीन दिने भ्रमणका क्रममा नेपाल र सेसेल्सबिचको दुइपक्षीय सम्बन्ध, श्रम सम्झौता र नेपाली श्रमिकहरुको हक हितका सम्बन्धमा यहाँका सरोकारवाला निकाय र सम्बन्धित मन्त्रालयका मन्त्रीसँग व्यापक छलफल भएको […]
दोहा – कतारमा श्रम शोषणा गर्ने म्यानपावर कम्पनीहरुको लाइसेन्स धमाधम खारेज हुन थालेको छ । श्रम मन्त्रालयले रोजगारदाताले करार सर्त पालना नगरेको र कानुन उल्लंघन गरेको भन्दै विभिन्न २४ म्यानपावर कम्पनीहरुको लाइसेन्स खारेज गरेको केहि दिन बित्न नपाउँदै फेरि अलखतीर म्यानपावर कम्पनीको पनि लाइसेन्स खारेज गरिदिएको छ । मन्त्रालयले सरसफाई तथा आतिथ्य सेवा उपलब्ध गराउने […]
काठमाडौं – रुसको आक्रमणपछि जनसङ्ख्याको एक चौथाइभन्दा बढी युक्रेनीहरु घर छाडेर भाग्न बाध्य भएका छन् । संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सीका उच्चायुक्त फिलिपो ग्रान्डीले ट्वीट गर्दै रुसको आक्रमणपछि झन्डै एक करोड मानिस घर छाडेर भागेको बताउनुभएको हो । यूएनएचसीआरका अनुसार हालसम्म प्रत्येक १० युक्रेनी शरणार्थीमा छ जना अर्थात २० लाख ५० हजार ३९२ जनाले पोल्याण्डको […]
काठमाडौँ – भारतका लागि नेपालको आवासीय राजदूतमा शंकरप्रसाद शर्मा नियुक्त हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई आइतबार राजदुतमा नियुक्त गर्नु भएको हो । मन्त्रिपरिषद्को गत मंसिर १० गतेको बैठकले शर्मालाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । यसअघि शर्मा संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय […]