सबै काम छोडेर एनआरएनएमा नलाग्नुस : महतो

काठमाडौ –  एनआरएनएका सस्थापक अध्यक्ष डा उपेन्द्र महतोले गैर आवासीय नेपाली संघमा सबै काम छाडेर नलाग्न आग्रह गर्नु भएको छ । एनआरएनएको १० औ महाधिवेशन तथा विश्व सम्मेलनमा सम्बोधन गर्नुहुँदै महतोले फूर्सदको बेलामा लाग्न र सबै काम छोडेर नलाग्न आग्रह गर्नु भएको हो । ‘म तपाईहरु सबैलाई एकदमै अनुरोध गर्छु, मलाई चाँहि पापको दोषी नबनाईदिनुहोला […]

विधान संशोधन गरेर पूर्व अध्यक्षहरूको भूमिकालाई सीमित र नियन्त्रित गर्न आवश्यक छ : लामिछाने

जीवा लामिछाने संसारभरि छरिएर रहेका असंख्य साथीहरूको संघर्ष, परिश्रम र योगदानले स्थापित गैरआवासीय नेपाली संघले विभिन्न चुनौतीलाई पार गर्दै करिव दुई दशकको यात्रा तय गरेको छ । एक संस्थापक सदस्यका नाताले म झन्डै बीस वर्ष अगाडिका ती दिनहरु सम्झेर अझै भावुक र रोमाञ्चित हुन्छु । जब हामी सन् २००३ मा पहिलो विश्व सम्मेलन गर्दै थियौं, […]

एनआरएनको योगदानलाई राष्ट्रले महत्वका साथ हेरेको छ: राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवासीय नेपालीको योगदानलाई राष्ट्रले महत्वका साथ हेरेको बताउनु भएको छ । आज संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले नेपाल तथा नेपालीलाई समस्या पर्दा एनआरएनले खेलेको भूमिकाको प्रशंशा गर्नु भयो । एनआरएनको उचित माग र चाहनालाई नेपाल सरकारले सुनुवाइ गर्ने उहाँले बताउनु भयो । उहाँले एनआरएनले […]

एनआरएनए निर्वाचन रोक्न माग गरिएको रिटमा उच्च अदालतद्धारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं  : गैर आवासीय नेपाली संघको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । एनआरएनए महाधिवेशन प्रतिनिधि छनौटमा धाँधली भएको भन्दै स्पेनका चिन्तामणी सापकोटा र कुवेतका उमेश कुमार पुडासैनीले यही २४ र २५ को निर्वाचन रोक्न माग गर्दै दिनु भएको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको […]

घले पक्षको सम्मेलन सकियो, आधिकारिकता दावी गर्दै परराष्ट्रमा विवरण बुझाउने

काठमाडौं – डा. शेष घले पक्षले आधिकारिकता दावी गर्दै भोलि परराष्ट्र मन्त्रालयमा नयाँ कार्यसमितिको विवरण बुझाउने भएको छ । एनआरएनएमा लामो समयदेखि जारी विवादका बीच घले पक्षले बुधबार विनोद कुँवरको नेतृत्वमा गठन गरेको नयाँ कार्यसमितिको विवरण शुक्रबारै परराष्ट्रमा बुझाउने भएको हो । बिहीबार महाधिवेशन तथा सम्मेलन समापन गर्दै घलेले भोलि नै परराष्ट्र मन्त्रालयमा नवनिर्वाचित कार्यसमितिको […]

घले पक्षद्धारा कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति गठन, आधिकारिकता पाउँने दावी

काठमाडौं – गैर आवासीय नेपाली संघमा लामो समयदेखि उत्पन्न विवादका बीच डा. शेष घले पक्षधरले विनोद कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । मंगलबारदेखि शुरु घले पक्षधरको काठमाडौंमा आयोजित छुट्टै भेलाले कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । शुरु देखि नै घले पक्षको नेतृत्व गर्दै आइरहेका कुल आचार्यले आलोपालो नेतृत्वमा सहमति गरेपछि समानान्तर […]

एनआरएनएको निर्वाचन स्थगन (विज्ञप्तिसहित)

काठमाडौं– गैर आवासीय नेपाली संघको निर्वाचन प्रक्रिया स्थगन गरिएको छ । निर्वाचन समितिले एक विज्ञप्ति जारी गरी गर्दै उच्च अदालत पाटनबाट  निर्वाचन नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश आएकाले हाललाई  निर्वाचन स्थगन गरिएको जनाएको छ । यसअघि एनआरएनएको निर्वाचन यही २४-२५ मार्चमा अनलाईनमार्फत गर्ने तय गरिएको थियो ।