काठमाडौं– स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सीमानाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कहरुमा कोभिड- १९ लगायत अन्य संक्रामक रोगहरुको परीक्षण सम्बन्धी मापदण्ड निर्धारण गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हेल्थ डेस्कहरुमा कोभिड -१९ को पूर्ण खोप नलगाएका र कोभिड १९ संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिए मात्र स्वास्थ्य परीक्षण हुने जानकारी दिनु भयो । केन्द्रले सूचना […]
दोहा – कतार म्युजियम्सले कतार ओलम्पिक एण्ड स्पोर्ट्स म्युजियमलाई मार्च ३१ मा खोल्ने भएको छ । खलिफा इन्टरनेशनल स्टेडियम सर्वसाधारणका लागि खोल्न लागिएको हो । संग्रहालयको उद्घाटन कतारमा हुने ७२ औं फिफा सम्मेलनसँगै हुने जनाइएको छ । यो संग्रहालय स्पेनी वास्तुकार जोन सिबिना द्वारा डिजाइन गरिएको थियो । लगभग १९ हजार वर्ग मिटर रहेको संग्रहालय विश्वमै […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को यही २४-२५ मार्चमा हुन गइरहेको निर्वाचनमा ४९१ जनाको नाम मतदाता सूचीबाट हटाइएको छ । निर्वाचन समितिले आइतबार सूचना प्रकाशित गर्दै सेल्फी र गैर आवासीय नेपालीको परिचयपत्र उपलब्ध नगराउने ४९१ जनालाई मतदाता सूचीबाट हटाइएको हो । यसअघि निर्वाचन कमिटिले ३ हजार ५८९ जनाको नामावली प्रकाशन गर्दै निश्चित समय […]
क्वालालम्पुर – मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री दातुक सेरी इस्माइल साबरी याकोबले आगामी मे १ देखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट कार्यान्वयन गर्ने घोषणा गर्नु भएको हो । शुक्रबार मात्र मानव संशाधन मन्त्री दतुक सेरी एम सरावनले अर्को महिना वा ढिलोमा दुई महिनाभित्र श्रमिकको न्यूनतम पारिश्रमिक १५ […]
काठमाडौं– फिनल्यान्ड लगातार पाँचौँ पटक खुसी देशको पहिलो नम्बरमा पर्न सफल भएको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२२ का अनुसार फिनल्यान्ड सर्वाधिक खुसी देशमा पर्न सफल भएको हो । सूचीमा डेनमार्क दोस्रो, आइसल्यान्ड तेस्रो, स्वीट्जरल्यान्ड चौथो र नेदरल्यान्ड्स पाँचौँ स्थानमा रहेका छन् । नेपाल सूचीको ८५ औँ स्थानमा छ । नेपाल दक्षिण एसियामा नै पहिलो स्थानमा […]
कायरो – कुवेतले आज आइतबारदेखि तीन महिनाको प्रवेश भिसा पुन: लागू गर्ने भएको छ । गृह मन्त्रालयले कोभिड प्रतिबन्धहरू हटाउँदै तीन महिनाको भिसा लागू गर्ने जनाएको हो । कुवतेमा विदेशबाट आउने यात्रुहरूले उडानको ७२ घण्टा अघि गरिएको पीसीआर परीक्षणको रिर्पोट बुझाउनुपर्ने हुन्छ । पूर्ण खोप लगाएका यात्रुहरूलाई पूर्व आगमन र आगमनमा पीसीआर परीक्षणका साथै होम […]
क्वालालम्पुर – मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ । मानव संशाधन मन्त्री दतुक सेरी एम सरावनले पारिश्रमिक बढाउने तयारी अन्तिम चरणमा पुगेको बताए । मन्त्री सरावनले एक–दुई महिनाभित्र लागू हुने गरि श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्याउने घोषणा गरेका हुन । आगामी अप्रिल १ देखि अन्तर्राष्ट्रिय सीमा खोल्ने मलेसियाको घोषणा […]