भारतका लागि नेपाली राजदूतमा डा. शर्मा नियुक्त

काठमाडौँ – भारतका लागि नेपालको आवासीय राजदूतमा शंकरप्रसाद शर्मा नियुक्त हुनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई आइतबार राजदुतमा नियुक्त गर्नु भएको हो ।

मन्त्रिपरिषद्को गत मंसिर १० गतेको बैठकले शर्मालाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । यसअघि शर्मा संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत हुनुहुन्थ्यो ।


प्रकाशित | ६ चैत्र २०७८, आईतवार १९:२०