सन्दीप भोली स्वदेश फर्कने

काठमाडौं: इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने भोली (आइतबार) स्वदेश फर्कने भएका छन् । भारतमा जारी १२ औं संस्करणको आईपीएल खेलेर सन्दीप आइतबार अपरान्ह स्वदेश फर्कने छन् । सन्दीप आइतबार २स्३५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने नेपाली राष्ट्रिय टोलीका टिम व्यवस्थापक रमन शिवाकोटीले बताउनुभयो । आईपीएलमा सन्दीपले दिल्ली […]

लिभरपुलमाथि बार्सिलोनाको शानदार जित

एजेन्सी : च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले इन्ग्लिश क्लब लिभरपुललाई पराजित गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको हो । क्याम्प नाउमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै लुइस स्वारेजले एक गोल गरे । बार्सिलोनाले खेलको २६ […]

टोटेनहमको मैदानमा आयाक्सको जित

एजेन्सी :  युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आयाक्सले टोटेनहमलाई पराजित गरेको छ । घरेलु मैदानमा टोटेनहम १-० ले पराजित भयो । पाहुना टोली आयाक्सका लागि भान डे बिकले पहिलो हाफको १५ अौं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । पहिलो हाफको सुरुवाती समयमा आयाक्सले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई दवावमा राखेको थियो […]

केएनपी महिला भलिबलमा एपीएफ च्याम्पियन

काठमाडौं:  सशस्त्र प्रहरीको एपीएफ क्लबले पाँचौ संस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । लगनखेलस्थित आर्मी कर्भडहलमा एपीएफले आर्मीमाथि २५-१४,२५-९ र २५-१५ को सेटमा जित निकाल्यो । योसंगै एपीएफले लगातार दोस्रो बर्ष उपाधि […]

च्याम्पियन्स लिगमा सेमिफाइनलका खेल आजबाट शुरु हुँदै

काठमाडौं : युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलका खेल आजबाट सुरु हुँदैछन् । आजबाट सेमिका पहिलो लेगका खेल हुँदैछन् ।यसपटक सेमिफाइनलमा इंग्लिस टोली टोटनह्याम र डच टिम आयाक्स तथा स्पेनिस बार्सिलोना र इंग्लिस टिम लिभरपुल खेल्दैछन् । जसमा आज टोटनह्याम र आयाक्सको पहिलो लेगको खेल हुनेछ । यो खेलका लागि टोटनह्यामले पाहुना […]

नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि

काठमाडौं:  नेपालले एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । थाइल्याण्डमा आइबार भएको फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि उचाल्न सफल भएको हो । गत संस्करणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो । थाइल्याण्डको चियाङमाईमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ३४ ओभर […]

हङकङलाई हराउँदै नेपाल फाईनलमा

एजेन्सी: नेपाल थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । शनिवार हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल फाईनलमा पुगेको हो । नेपालले उपाधिको लागि आईतबार सिंगापुर र मलेसिया मध्य एक टोलीसँग खेल्ने छ । मलेसिया र सिंगापुरबीच अर्को सेमिफाईनल खेल जारी छ । सामान्य ८७ रनको लक्ष्य नेपालले २१.४ ओभरमा […]