रुस-युक्रेन द्धन्द्ध : सबै नेपालीले राजधानी किभ छाडे, हालसम्म ३ सय भन्दा बढी नेपाली सुरक्षित स्थानमा

वार्सा – रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय भन्दा बढी नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट ३ सय २ जना नेपालीहरु पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिनुभयो । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार मंगलवारसम्म २ सय ३२ जना […]

रुस-युक्रेन द्वन्द्व : २ सय ४४ नेपाली सुरक्षित स्थानमा, पोल्याण्डमा ६० र स्लोभाकियामा १२ जना पुगे, अन्यले आज साँझसम्म सिमा क्रस गर्ने

काठमाडौं – युक्रेन द्वन्द्व प्रभावित २ सय ४४ जना नेपालीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धारका लागि गठित उच्चस्तरीय समितिका अनुसार युक्रेन छोडेर पोल्याण्डमा ६० जना, स्लोभाकियामा १२ जना, हंगेरी ४ जना, रोमानियामा १२ जना, माल्डावामा २ जना सकुशल पुगेका छन् । यस्तै युक्रेनबाट सुरक्षित गन्तव्यमा जाने […]

युक्रेनमा रहेका २ सय १९ नेपाली दुतावासको सम्पर्कमा, १ सय ५० भन्दा बढी पोल्याण्ड प्रवेश

युक्रेन (किएभ) – युक्रेनमा रहेका १ सय ५० भन्दा बढी नेपाली पोल्याण्ड प्रवेश गरेका छन् । रुसी आक्रमण जारी रहँदा युक्रेनमा रहेकामध्ये १ सय ५० भन्दा बढी नेपाली पोल्याण्ड प्रवेश गरिसकेको नेपाली दुतावासले जनाएको छ । जर्मनीस्थित नेपाली राजदुत रामकाजी खडकाका अनुसार हालसम्म २ सय १९ जना नेपाली युक्रेनको विभिन्न भागबाट सम्पर्कमा आएको र त्यसमध्ये […]

युक्रेनमा रहेका नेपालीलाई अहिले बसिरहेकै ठाउँमा सुरक्षित बस्न दूतावासको आग्रह

काठमाण्डौ – युक्रेनमा रहेका नेपालीलाई अहिले बसिरहेकै ठाउँमा सुरक्षित भएर बस्न आग्रह गरिएको छ । युक्रेनको हवाई क्षेत्र अल्पकालीन रुपमा बन्द रहेकाले अहिले बसिरहेको ठाउँमा सुरक्षीत बस्न आग्रह गरिएको हो । रुसले युक्रेनमा आक्रमण गरेपछि हवाईमार्गबाट तत्काल युक्रेन छोड्न सम्भव नहुने नभएको भन्दै जर्मनीमा रहेको नेपाली दूतावासले युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर […]

विदेशबाट छुट्टीमा आएका घरेलु कामदारलाई पुन: रोजगारीमा फर्कन दिने सरकारी निर्णय

काठमाडौं – सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वदेश आएर पुन: फर्कन पाउने व्यवस्था गरेको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका घरेलु कामदारलाई पुन: श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरिएको बताउनु भएको छ । खाडी लगायत मुलुकमा नेपाली […]

विदेशमा रहेका नेपालीले अब आफू रहेकै मुलुकबाट विद्युतीय राहदानी लिन सक्ने

काठमाडौँ – विदेशमा रहेका नेपालीले अब आफू रहेकै मुलुकबाट विद्युतीय राहदानी प्राप्त गर्न सक्ने भएका छन् । विभिन्न कारणले राहदानी बनाउनुपर्ने नेपालीले अनलाइनबाटै आवेदन दिन सक्ने छन् भने नेपालबाट छपाइ गरी सम्बन्धित नागरिक रहेका मुलुकमै राहदानी पठाइनेछ । राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले विदेशबाट ‘लाइभ इनरोलमेन्ट’ गरेर विद्युतीय राहदानी नेपालमै छापिनु देशकै लागि ऐतिहासिक सफलता […]

नेपाली राजदूतावास मलेसियाले शुरु गर्‍यो विद्युतीय राहदानी

काठमाडौं – नेपाली राजदूतावास, मलेशियाबाट आज एक कार्यक्रमका बीच विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात भएको छ ।वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आई लामो समयदेखि सामान्य कामदारको रुपमा कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न आउनु भएका सेवाग्राही श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको शुरुवात गरिएको हो । मलेसियामा २ लाख भन्दा वढी नेपालीहरु वैदेशिक रोजगारीमा […]