टोटेनहमको मैदानमा आयाक्सको जित

एजेन्सी :  युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आयाक्सले टोटेनहमलाई पराजित गरेको छ । घरेलु मैदानमा टोटेनहम १-० ले पराजित भयो । पाहुना टोली आयाक्सका लागि भान डे बिकले पहिलो हाफको १५ अौं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । पहिलो हाफको सुरुवाती समयमा आयाक्सले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई दवावमा राखेको थियो । आयाक्सले पहिलो हाफमा गरेका अन्य प्रहार भने गोल हुन सकेन ।

दोस्रो हाफमा टोटेनहमले खेलमा दवाव कायम गरेपनि गोल गर्न असफल रह्यो । आयाक्सका डेविड नेरेसको दोस्रो हाफको प्रहार पोस्टमा लागेर फर्कंदा टोटेनहम थप पछाडी पर्नबाट जोगिएको थियो । दोस्रो लेगको खेल आयाक्सको मैदानमा मे ८ तारिखमा हुनेछ ।


प्रकाशित | १८ बैशाख २०७६, बुधबार ०५:४९