सन्दीप भोली स्वदेश फर्कने

काठमाडौं: इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने भोली (आइतबार) स्वदेश फर्कने भएका छन् । भारतमा जारी १२ औं संस्करणको आईपीएल खेलेर सन्दीप आइतबार अपरान्ह स्वदेश फर्कने छन् । सन्दीप आइतबार २स्३५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने नेपाली राष्ट्रिय टोलीका टिम व्यवस्थापक रमन शिवाकोटीले बताउनुभयो ।

आईपीएलमा सन्दीपले दिल्ली क्यापिटल्सबाट खेलेका थिए । तर, उनको टिम दिल्ली दोस्रो क्वालिफायरमा चेन्नई सुपर किङसंग पराजित भएको थियो । दिल्ली फाइनल पुग्न असफल भएपछि सन्दीप स्वदेश फर्किएका हुन् । यस सिजन सन्दीपले ६ खेल खेल्दै ८ विकेट लिएका थिए ।


प्रकाशित | २८ बैशाख २०७६, शनिबार १४:५२