एनआरएनए युवा उपाध्यक्षमा रोशन थापाको उम्मेदवारी दर्ता, युवाहरुका अधुरा काम पूरा गर्न पुन: उम्मेदवारी दिएको थापाको भनाई

काठमाडौ:  गैर आवासीय नेपाली संघ (एनआरएनए) को युवा उपाध्यक्ष रोशन थापाले उम्मेदवारी दर्ता गर्नु भएको छ । थापाले बालुबाटारस्थित एनआरएनए सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गर्नु भएको हो । थापा डा.बद्री केसी टिममा हुनुहुन्छ । युवाहरूको हकहितमा गर्नुपर्ने धेरै काम अधुरै रहेकाले आफूले सोही पदमै उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो । ‘अभियानमा लामो समयदेखि सक्रिय छु। काम […]

एनआरएनए महासचिवमा गौरीराज जोशीको उम्मेदवारी दर्ता, पद ओगट्न नभई काम गरेर देखाउन पुन: उम्मेदवारी दिएको जोशीको भनाई

काठमाडौं : गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि महासचिव पदमा गौरीराज जोशीले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । वर्तमान कार्यसमितिमा महासचिवकै जिम्मेवारीमा रहनु भएको जोशीले पुनः दोश्रो कार्यकालका लागि सोही पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो । संघको सचिवालयमा रहेको निर्वाचन समितिमा पुगेर समितिका संयोजक यादव ढुंगानालाई जोशीले उम्मेदवारीको मनोनयन […]

कृष्णजीवी पन्थले गराए एनआरएनए सचिव पदमा उम्मेदवारी दर्ता

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा अमेरिका निवासी कृष्णजीवी पन्थले सचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ । बालुवाटार स्थित एनआरएनए सचिवालयमा पुगेर पन्थले सचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । पन्थले महेश श्रेष्ठ टिममा सचिवमा उम्मेदवारी दिनु भएको हो । एनआरएनएमा लोकप्रिय र बलियो उम्मेदवारको रूपमा हेरिएका पन्थको प्रस्तावकमा राजेन्द्र […]

एनआरएनए उपाध्यक्षमा सुनील साहको उम्मेदवारी दर्ता

काठमाडौं: गैर आवासीय नेपाली संघको उपाध्यक्षमा सुनील साहले उम्मेदवारी दर्ता गर्नु भएको छ । अमेरिकानिवासी साहले बालुवाटारस्थित एनआरएनए सचिवालयमा पुगेर उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । साहले महेश श्रेष्ठ टिममा उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो । एनआरएनए आइसिसीको वर्तमान कोषाध्यक्ष तथा एनसिसी अमेरिकाका पूर्व अध्यक्ष साहले उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिनुहुँदै एनआरएनको एजेन्डा […]

एनआरएनएमा महेश श्रेष्ठको कारण एकताको मुद्दा बलियो बन्दै, समर्थन जनाउनेको संख्या बढ्दो

काठमाडौं:  पछिल्लो समय एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठको पक्षमा समर्थन बढ्दो छ । एनआरएनएमा समानान्तर समूह बनाएर नेतृत्व गर्नु भएका विनोद कुँवरसंग भेटेर एकताको लागि अनौपचारिक रुपमा सहमति गरेपछि अध्यक्षका उम्मेदवार महेश श्रेष्ठको पक्षमा समर्थन बढेको हो । कोरिया भ्रमणमा रहेका बेला श्रेष्ठले आफ्नो टिमका उम्मेदवारहरु र डेलिगेट्स एवम सदस्यहरुबीच आयोजना गरिएको अन्तरसंवादलाई सम्बोधन गर्नेक्रममा […]

एनआरएनए सहकोषाध्यक्षमा कृष्ण तिमल्सेनाको उम्मेदवारी, निर्वाचीत भए इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्षमा बेलायतबाट कृष्ण तिमल्सेनाले उम्मेदवारी दिन लाग्नु भएको छ । यसअघि सन् २०२१२३ को सहमतीय कार्यकालमा सहकोषाध्यक्षको जिम्मेवारी समाल्नु भएको तिमल्सेनाल आगामी कार्यकालमा पनि सोही पदमा उम्मेदवारी दिन लाग्नु भएको हो । डेढ दशकभन्दा लामो समयदेखि निरन्तर एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएको उहाँले आफूलाई महाधिवेशन प्रतिनिधिहरुले […]

एनआरएनए निर्वाचन: हालसम्म १४ जनाको मात्रै उम्मेदवारी दर्ता, उम्मेदवारलाई प्रस्तावक र समर्थक पाउनै मुस्किल

काठमाडौँ: गैर आवासीय नेपाली संघ (एनआरएनए) को विहीबारदेखि उम्मेदवारी दर्ता सुरु भएकोमा शुक्रबार बेलुकासम्म १४ जनाले मात्रै उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्दा प्रस्तावक र समर्थक दुई दुई जना आवश्यक पर्ने भएकाले अहिलेसम्म केही उम्मेदवारलाई भले प्रस्तावक र समर्थक पाउन मुस्किल परेको बताएका छन् । एक जना उम्मेदवारका लागि सशरीर दुई जना प्रस्तावक […]