काठमाडौँ — गैर आवासीय नेपाली संघका अध्यक्षका प्रतिस्पर्धी उम्मेदवारले सार्वजनीक नजिता स्वीकार नगर्ने बताएका छन् । बिहीबार राति आएको मत परिणाम आफूहरूलाई स्वीकार्य नहुने बताएका हुन् । अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ र राजेन्द्र कुमार (आरके) शर्माले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै बिहीबार मध्यराति घोषणा गरिएको निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण रहेकाले आफूहररुलाई मान्य नहुने उल्लेख […]
काठमाडौं: गैर आवासीय नेपाली संघको निर्वाचनको अन्तिम संघारमा अध्यक्षका उम्मेदवार महेश कुमार श्रेष्ठलाई समर्थन जनाउँदै रविना थापाले उम्मेदवारी फीर्ता लिनु भएको छ । औपचारिक रुपमा उम्मेदवारी फीर्ता लिने समय सकिएपनि थापाले एनआरएनएमा एकताको खाँचो रहेको र त्यसको नेतृत्व श्रेष्ठले मात्र गर्न सक्ने भएकाले समर्थन जनाउँदै उम्मेदवारी फीर्ता लिएको बताउनुभयो । थापाले समर्थन गरेसँगै एनआरएनए अध्यक्षमा […]
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनएं) को ११औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठले तीन महिनाभित्र संघलाई भावनात्मक र संगठनात्मक रुपमा एकताबद्ध गराएरै छाड्ने प्रतिबद्धता जनाउनु भएको छ । मंगलबार साँझ एक पत्रकार सम्मेलनको आयोजना गर्दै श्रेष्ठले आफ्नो टिमलाई मात्रै होइन विश्वभरका सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई मिलाउनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको प्रष्ट पार्नुभयो । उहाँले […]
काठमाडौं: नेपाली कांग्रेस निकट जनसम्पर्क समितिको काठमाडौंमा भएको एक भेलाले मंगलबारबाट शुरु भएको गैर आवासीय नेपाली संघ एनआरएनएको ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उहाँको टिमलाई सहयोग गर्न आब्हान गरेको छ । नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापति पूर्ण तिमिल्सिनाको संयोजकत्वमा मंगलबार विहान काठमाडौंमा भएको भेलाले अध्यक्षमा श्रेष्ठलाई समर्थन गर्न आब्हान गरेको हो । […]
काठमाडौँ : सरकारले गैर आवासीय नेपाली संघका दुई अध्यक्षलाई गैर आवासीय नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक कार्यक्रममा अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गर्नु भएको हो । आचार्यलाई पहिलो र दोस्रो गैर आवासीय नागरिकता केसीलाई प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले […]
काठमाडौ : गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा जापानका रोविन प्रसाद शेरचनले उम्मेदवारी दर्ता गर्नु भएको छ । समाजसेवी र सफल ब्यवसायीको रुपमा आफूलाई प्रस्तुत गर्नु भएको शेरचनले आगामी कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । हाल आइसिसी सदस्य रहनु भएको शेरचन एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध रहँदै आउनु भएको […]
काठमाडौं: गैर आवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गर्नु भएका् छ । हाल कार्यसमितिमा उपाध्यक्ष रहनु भएको श्रेष्ठले आज महाधिवेशनस्थल होटेल सोल्टीमा पुगेर उम्मेदवारी दर्ता गर्नु भएको हो । उम्मेदवारी दर्तापछि उहाँले संघलाई परिवर्तन, रुपान्तरण र एकताबद्ध बनाएर लैजाने उदघोष पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘यतिबेला एनआरएनएमा अविश्वास बढेको, विदेशमा रहेका […]