एनआरएनए सहकोषाध्यक्षमा कृष्ण तिमल्सेनाको उम्मेदवारी, निर्वाचीत भए इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्षमा बेलायतबाट कृष्ण तिमल्सेनाले उम्मेदवारी दिन लाग्नु भएको छ । यसअघि सन् २०२१२३ को सहमतीय कार्यकालमा सहकोषाध्यक्षको जिम्मेवारी समाल्नु भएको तिमल्सेनाल आगामी कार्यकालमा पनि सोही पदमा उम्मेदवारी दिन लाग्नु भएको हो ।

डेढ दशकभन्दा लामो समयदेखि निरन्तर एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएको उहाँले आफूलाई महाधिवेशन प्रतिनिधिहरुले सहकोषाध्यक्ष पदमा अत्याधिक मतसहित विजयी गराउनेमा आशावादी हुनुहुन्छ ।

‘सन् २००७ देखि एनआरएनए अभियानमा सक्रिय भई यूकेको कार्यसमिति सदस्य र उपाध्यक्ष, आईसीसी सदस्य, युरोप उपसंयोजक हुँदै हाल केन्द्रीय सह कोषाध्यक्षको भूमिकामा रहनु भएको छ । उहाँले आफू निर्वाचित भए सबैको अमूल्य मतको कदर गर्दै इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

बेलायतका स्थापित व्यवसायी तिमल्सेना समुदायमा एक सरल, मिलनसार र सच्चा समाजसेवीका रुपमा परिचित हुनुहुन्छ । एनआरएनएसहित विभिन्न संस्थाहरुमा आबद्ध उहाँले व्यक्तिगत रुपमा समेत नेपालमा कयौं च्यारिटी काम गर्नु भएको भने बेलायतमै अफ्टेरोमा परेका धेरै नेपालीलाई पनि सहयोग गर्दै आउनु भएको छ ।

 


प्रकाशित | २७ आश्विन २०८०, शनिबार १५:४७