एनआरएनए उपाध्यक्षमा सुनील साहको उम्मेदवारी दर्ता

काठमाडौं: गैर आवासीय नेपाली संघको उपाध्यक्षमा सुनील साहले उम्मेदवारी दर्ता गर्नु भएको छ । अमेरिकानिवासी साहले बालुवाटारस्थित एनआरएनए सचिवालयमा पुगेर उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । साहले महेश श्रेष्ठ टिममा उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो ।

एनआरएनए आइसिसीको वर्तमान कोषाध्यक्ष तथा एनसिसी अमेरिकाका पूर्व अध्यक्ष साहले उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिनुहुँदै एनआरएनको एजेन्डा नै आफ्नो एजेन्डा भएको स्पष्ट पार्नुभयो ।

साहले डेलिगेट्स भनेको एक जना ब्यक्ती मात्र नभई अन्य ब्यक्तीको पनि प्रतिनिधित्व गर्ने भन्दै संस्थालाई राम्रो गर्न सक्ने र योग्य ब्यक्तीहरुलाई जिताउन आग्रह गर्नुभयो

जनकपुरमा जन्मनु भएको साह पेसाले इन्जिनियर हुनुहुन्छ । एनआरएनए अमेरिकामा २०१५–१७ मा सल्लाहकार, सन् २०१७ मा बरिष्ठ उपाध्यक्ष हुँदै २०१९ देखि २०२१ कार्यकालमा एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यसपछि २०२१ देखि केन्द्रीय कोषाध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ ।

कोषाध्यक्ष हुँदा उहाँले संस्थामा आर्थिक पारदर्शितामा कायम गर्न सफल हुनु भयो भने प्रत्येक महिनामा आम्दानी र खर्च सार्वजनीक गर्ने परिपाटीको शूरुवात समेत गर्नुभयो । मधेश प्रदेशमा मोबाइल ब्लड बैंक बस परियोजनाको संयोजक रहनु भएको साहले ब्लड बसको लागि आवश्यक रकम संकलन गरि अहिले बस खरिद गर्ने तयारीमा हुनुुहन्छ । अब छिट्टै बस हस्तान्तरण गर्ने योजना छ । उहाँले सामाजीक कार्यमा यी र यस्तै महत्वपूर्ण कार्य गर्दै आउनु भएको छ ।


प्रकाशित | २८ आश्विन २०८०, आईतवार १६:००