काठमाडौं: गैर आवासीय नेपाली संघका प्रतिनिधिमण्डल सहित प्राविधिक टिम र निर्वाचन आयोगका प्रतिनिधिबीच विदेशमा बस्ने नेपालीहरुको मतदानको सुनिश्चितता, प्रकिया र अनलाईन भोटिङ सिस्टम विषयमा छलफल भएको छ । छलफलको क्रममा गैर आवासीय नेपाली संघले चुनावको लागि प्रयोजनमा ल्याइरहेको अनलाइन भोटिङ एप्सको बारेमा जानकारी गराइएको थियो। भेटको क्रममा गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले […]
काठमाडौं : गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष सुनील साहले नागरिकता विधेयक गैर आवासीय नेपालीले चाहेअनुसार नै सहज ढंगले पाउन सक्ने गरी पास हुनेमा विश्वस्त रहेको बताउनु भएको छ । कोषाध्यक्ष साहले एक विज्ञप्ति जारी गर्दै गैर आवासीय नेपाली नागरिकता सहज ढंगले पाउन सक्ने गरी विधेयक पास हुने र कानुन निर्माण पश्चात कार्यन्वयन […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को एक प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग भेट गरेको छ । एनआरएनए अध्यक्ष कुल आचार्य नेतृत्वमा उपाध्यक्ष महेश श्रेष्ठसहितको टोलीले मन्त्री श्रेष्ठसँग भेट गर्दै पशुपति क्षेत्रमा बृद्धाश्रम निर्माणका लागि जग्गा उपलब्ध गराइदिन माग गर्नु भयो । एनआरएनएको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पशुपति क्षेत्रमा १०० कोठाको […]
काठमाडौं : गैर आवासीय नेपालीहरुले नागरिकता विधेयक पारित भए देशको आर्थिक समृद्धिमा ठूलो सहयोग पुग्ने बताएका छन् । संविधानमा उल्लेख भएको सात वर्ष बितिसक्दा पनि संसदमा वर्षौदेखि अलपत्र नागरिकता विधेयक अगाडि बढेसँगै उत्साहित गैर आवासीय नेपालीहरुले यसलाई पारित गर्न ढिलाई गर्नु नहुनेमा जोड दिएका हुन । विश्व सन्देशसँग कुराकानी गर्दै गैर आवासीय नेपाली संघ आयरल्याण्डका […]
काठमाडौं : नेपालका शीर्ष नेताहरुले गैर आवासीय नेपालीहरुको भावना अनुरुप नै नागरिकता विधेयक पारित गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायतका शीर्ष नेताहरुले एनआरएनको भावना अनुसार नै नागरिकता […]
काठमाडौं: लामो रस्साकस्सी पछि नयाँ दर्ता भएको नागरिकता विधेयक अघि बढेकोमा गैर आवासीय नेपालीहरुले खुशी व्यक्त गरेका छन् । विश्व सन्देशसंग कुरा गर्दै गैर आवासीय नेपाली नागरिकता निरन्तरता कार्यदलका पूर्व संयोजक तथा संरक्षक राम प्रताप थापाले नागरिकता विधेयक अघि बढ्नु स्वागत योग्य भएको बताउनु भएको हो । नागरिकता विधेयक गैर आवासीय नेपालीहरुसंग प्रत्यक्ष जोडिएकाले पनि […]
काठमाडौं: सरकारले संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिदैं पुनः संशोधनसहितको नागरिकता विधेयक दर्ता गरेपछि गैर आवासीय नेपालीहरुले लबिङ तीब्र बनाएका छन् । गैर आवासीय नेपालीहरुले नेपालका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेट गर्दै नागरिकता विधेयकका विषयमा लबिङ तीब्र बनाएका हुन् । संविधानमा गैर आवासीय नेपालीहरुलाई राजनैतिक र प्रशासनीक अधिकारबाहेक आर्थिक, सामाजीक र साँस्कृतिक अधिकारसहितको नागरिकता दिने […]