प्रकाश सिलवाल/काठमाडौं मुलुकले समृद्धिको सपना देखेसँगै उच्च शिक्षा र रोजगारीका लागि विदेसिने क्रम रोकिएर विदेशमा र अनुभव हासिल गरेकाहरु ‘स्वदेशमै भावी पुस्ताका लागि केही गर्न’ थालेका छन् । अष्ट्रेलियामा डेढ दशकसम्म आफूले प्राप्त गरेको कमाई र अनुभवलाई स्वदेशको प्राविधिक शिक्षाको विकासमा लगाउन चितवनका गणेश केसी र विकास केसी कस्सिएका छन् । स्वदेशमै पूँजी र प्रविधिको […]
नागोया: जापानको राजधानी टोकियोमा केही वर्षदेखि निरन्तर हुँदै आएको नेपाल फेस्टिबल यस वर्ष जापानको मुटु मानीने अर्को शहर नागोयामा पहिलो पटक आयोजना गरिएको छ । भिजिट नेपाल २०२०’ सफल बनाउने उद्देश्यले आयोजना गरिएको फेस्टिवल विशेष गरि नेपालको पर्यटन प्रबद्र्धनमा केन्द्रित गराइएको छ । भिजिट नेपाल सफल बनाउने प्रमुख उद्देश्यले राजदुतावास र गैर आवासीय नेपाली संघ […]
काठमाडौं: नेपाल एयरलायन्सले जापानको ओसाकाका लागि असारमा तय गरिएको उडान स्थगीत गरेपछि फेरि उडान तयारी थालेको छ । असारमा यात्रु नभएको भन्दै एयरलायन्सले भदौको लागि तयारी शूरु गरेको हो । जापानको ओसाकामा व्यवसायिक उडान भर्नका लागि बुकिङ खुला गरे पनि बुकिङ अत्यन्तै न्यून भएकाले असार १९ गतेको तालिका स्थगित गरेको थियो । नेपाल एयरलायन्सले यस अगाडि […]
दिनेश दुलाल /फुलपिङकट्टी (सिन्धुपाल्चोक ) नेपालका लागि चिनियाँ राजदुत होउ यान छि ले नेपालको विकास र सम्मृद्धिको लागि सबै नेपालीको फराकिलो मन हुन आवश्यक रहेको बताउनुभएको छ । तातोपानी नाका सञ्चालनको पूर्व सन्ध्यामा भोटेकोशी गाउँपालिका पुगेकी चिनियाँ राजदुत छि ले जनप्रतिनिधि संगको अन्तरक्रिया क्रममा उक्त धारणा राख्नुभको हो । आफ्नो मुलुक चिनको भनाईलाई उदृत गर्दै […]
नयाँ दिल्ली : भारतमा भएको लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी (बीजेपी) ले ३०३ सिटमा जित्न सफल भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ५४३ मध्ये ५४२ सिटमा चुनाव भएको थियो । शुक्रबार दिउँसोसम्म सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । बीजेपी एक्लैले ३०३ सिटमा जित हात पारेको छ । बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक […]
शिव भण्डारी/लन्डन काउन्सिलर लक्ष्यबहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयर निर्वाचित हुनुभएको छ । लन्डन बरो अफ बार्नेटको मंगलवार बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा निर्विरोध निर्वाचित गरेको हो। सोहि बैठकले काउन्सिलर क्यारोलिन स्टकलाई मेयरको पदमा निर्वाचित गरेको थियो । यसै गरी कन्जरभेटिभ पार्टीबाट निर्वाचित काउन्सिलर डेनियल टोमस बार्नेट काउन्सिलका नयाँ नेता चुनिएका छन्। बार्नेट काउन्सिलले […]
अष्ट्रेलिया: सिटी एक्सप्रेस मनि ट्रान्सफरले अष्ट्रेलियाबाट पनि आफ्नो सेवाको शुरुवात गरेको छ । शुक्रबार औपचारिक उद्घाटन सम्पन्न भएसँगै सिटी एक्सप्रेस मनि ट्रान्सफरकोे सेवा अष्ट्रेलियाबाट पनि शुरु भएको हो । शुक्रबारदेखि अष्ट्रेलियावाट पनि सिटी एक्सप्रेसमार्फ़त वैधानिक माध्यमवाट नेपालमा पैसा पठाउन सकिने व्यवस्था गरिएको छ। यस अघि यूरोपका विभिन्न मुलुकहरु ९यूके, जर्मनी, नेदरल्याण्ड, पोर्चुगल, बेल्जियम० को भ्रमण […]