नागरिकताको विषयलाई टुंगोमा पुर्‍याउन एनआरएनए प्रतिनिधिहरुको दौडधुप, शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेट

काठमाडौं: सरकारले संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिदैं पुनः संशोधनसहितको नागरिकता विधेयक दर्ता गरेपछि गैर आवासीय नेपालीहरुले लबिङ तीब्र बनाएका छन् । गैर आवासीय नेपालीहरुले नेपालका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेट गर्दै नागरिकता विधेयकका विषयमा लबिङ तीब्र बनाएका हुन् ।

संविधानमा गैर आवासीय नेपालीहरुलाई राजनैतिक र प्रशासनीक अधिकारबाहेक आर्थिक, सामाजीक र साँस्कृतिक अधिकारसहितको नागरिकता दिने ब्यवस्था छ । सोही ब्यवस्था बमोजीम संसदमा विधेयक दर्ता भएको छ । सरकारले संशोधनसहितको विधेयक दर्ता गरेपछि गैर आवासीय नेपाली संघका प्रतिनिधिहरुले संविधानमा भएको अधिकार सुनीश्चित गर्न दबाब सिर्जना गरेका हुन ।

त्यसैक्रममा एनआरएनए प्रतिनिधि मण्डलले राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना संग भेटघाट गरेको छ। भेटमा अध्यक्ष तिमिल्सिनाले गैर आवासीय नेपाली नागरिका विषयमा संविधानमा प्रावधान भएको विषयबाट पछि हट्न नसिकने र यदि यसमा केही सुधार गर्नु पर्ने विषय प्रतिनिधि सभाले नै गर्ने बताउनु भयो ।

This image has an empty alt attribute; its file name is subash-nemang-1024x698.jpg

उहाँले नागरिकता ऐन राष्ट्रिय सभामा पेश भएपछि संशोधित ऐनमाथि छलफल गरेर चाडै नै प्रक्रिया पुरा गरिदिने जानकारी गराउनु भयो ।

उक्त भेटघाटमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्रि केसी, उपाध्यक्ष महेश कुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा र सचिवालयका अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।

त्यस्तै, एनआरएनए प्रतिनिधि मण्डलले संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङ संग भेटघाट गरेको छ। भेटमा एनआरएन पदाधिकारीहरुले गैर आवासीय नेपाली नागरिकताको विषयमा सुरुको अवस्था देखी यहाँ संलग्न रहनु भएको र अब पेश हुन लागेको ऐनमा पनि संविधानमा प्रावधान रहेको गैर आवासीय नेपालीको अधिकारलाई संबोधन गर्न यहाँको महत्वपूर्ण भूमिका रहने बताएका थिए ।

संविधान सभाका अध्यक्ष नेम्वाङले संविधानमा ब्यवस्ता भएको अधिकारलाई यस ऐनमा समेटिएको र सबै दल यसमा सहमत रहेको र चाँडै पास गर्ने जानकारी दिनु भयो ।

उता टोलीले आजै गृह सचिव टेक नारायण पाण्डे संग पनि भेटघाट गरेको छ । सचिव पाण्डेले संशोधित ऐन बारे जानकारी दिदै विभिन्न राजनैतिक दलका शीर्ष नेताहरुसंग छलफल गर्न सुझाव दिनु भयो ।

This image has an empty alt attribute; its file name is sabamukha-1024x576.jpg

त्यस्तैगरि, एनआरएनए प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संग उहाँको निवास खुमलटारमा आजै भेटघाट गरेको छ।

उक्त अवसरमा संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा बद्रि केसी लगायतका पदाधिकारीहरुले विधेयक ल्याउनको लागि सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।

उहाँहरुले यो विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गराई विश्वमा रहेका सबै गैर आवासीय नेपालीहरुको भावनालाई सम्बोधन गर्न आग्रह गर्नु भयो ।

This image has an empty alt attribute; its file name is 3-1024x575.jpg

जवाफममा अध्यक्ष प्रचण्डले संविधानमा गैर आवासीय नेपाली नागरिकताको लागि जुन व्यस्था गरिएको छ, त्यही अनुरुप विधेयक आउने जानकारी गराउनु भयो । यसमा आफ्नो र पार्टीको तर्फबाट यहाँहरुलाई पूर्ण सहयोग रहने बताउनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, संघको तर्फबाट उपाध्यक्ष महेश कुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रका युवा संयोजक रमेश काफ्ले, पूर्व आइसिसि सदस्य पशुपति भण्डारी लगायतका प्रतिनिधिहरु, गैर आवासीय नेपाली नागरिकता सम्बन्धी फोकल पर्सन सरोज दाहाल र सचिवालयका अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।


प्रकाशित | २८ असार २०७९, मंगलवार २१:५८