अनलाईन भोटिङ बारे निर्वाचन आयोग र एनआरएनए प्रतिनिधिबीच छलफल, एनआरएनएको एप्स प्रयोग गर्न सुझाव

काठमाडौं:  गैर आवासीय नेपाली संघका प्रतिनिधिमण्डल सहित प्राविधिक टिम र निर्वाचन आयोगका प्रतिनिधिबीच विदेशमा बस्ने नेपालीहरुको मतदानको सुनिश्चितता, प्रकिया र अनलाईन भोटिङ सिस्टम विषयमा छलफल भएको छ ।

छलफलको क्रममा गैर आवासीय नेपाली संघले चुनावको लागि प्रयोजनमा ल्याइरहेको अनलाइन भोटिङ एप्सको बारेमा जानकारी गराइएको थियो।

भेटको क्रममा गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले विदेशमा बस्ने नेपालीहरुका लागि मतदान व्यवस्थापनमा सहयोग गर्नको लागि नेपाली राजदुतावासको सहकार्यमा एनआरएनएको नेटवर्क सधैँ तत्पर रहेको बताउनुभयो।

त्यस्तै अध्यक्ष बद्री केसीले एनआरएनको पंजिकृत सदस्यहरुले एनआरएनए चुनावको लागि बनाएको एप्स निर्वाचन आयोगले पनि प्रयोग गर्न सकिने बताउनुभयो।

May be an image of 8 people and indoor

गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले विश्व सञ्जालमा जोडिएको नेपालीहरुलाई मताधिकार सुनिश्चितता गर्न सहयोग पुर्याउनु हुने निर्वाचन आयोगलाई धन्यवाद दिनुभयो।

निवर्तमान सल्लाहकार टिबी कार्कीले सम्वन्धित देशको दूतावासबाट अनलाइन भोटिङ गर्न सकिने र त्यसका लागि निश्चित स्थान तोक्नुपर्ने र एनआरएनको पदाधिकारी परिवेक्षकको रूपमा समावेश गर्नुपर्ने बताउनुभयो।

गैर आवासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठले निर्वाचन आयोगले अनलाइनबाट दर्ता गर्ने प्रक्रियाको साथै मतदान पनि एनआरएनले प्रयोग गरेको जस्तै एप्स प्रयोग गर्न सकिने तर नेपालको संविधान अनुसार ऐन नियमको परिधिमा रही अझै परिस्कृत गर्न सकिने बताउनुभयो।

निर्वाचन आयोगले मतदानमा योग्य ठहर्न मतदाताले औंठाछाप प्रयोग गर्नुपर्ने नियम रहेको र त्यसका लागि औंठाछाप प्रयोग गर्नुपर्ने छुट्टै डिभाइस विकास गर्नुपर्ने, राजदूतावासको सहयोगमा मतदान गर्न सक्ने उहाँको भनाइ छ।

त्यस्तै, निर्वाचन आयोगका निर्वाचन प्रमुख आयुक्त दिनेश थपलियाले संविधानमा लेखिए अनुसार निर्वाचन आयोगले मतदान गराउनको निमित्त सुचना तथा सञ्चारको भरपुर प्रयोग गर्न पाउनुपर्ने नियममा टेकेर निर्वाचन आयोगले अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिने बताउनुभयो।

त्यस्तै, सर्वोच्च अदालतको परामादेशले विदेशमा बसेका नेपालीहरुले पनि मतदान गर्न पाउने पर्ने अधिकारको सुनिश्चितता गरेको र निर्वाचन आयोगले पनि मतदान सुनिश्चिता गर्नको निमित्त निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले विदेशमा रहेका नेपालीहरूको लागि मताधिकारको लागि दफा र उपदफा बनाइएको तथा अझै व्यवस्थित बनाउन सुझाव संकलन गरिएको बताउनुभयो।

त्यस्तै, निर्वाचन आयोग र गैर आवासीय नेपाली संघ बीच नीतिगत एवं कार्यगत निर्णयको लागि चाँडै नै एमओयु गरिने जानकारी दिनुभयो।

निर्वाचन सम्बन्धि गैर आवासीय नेपाली संघ र निर्वाचन आयोग बीच हुने एमओयुको ड्राफ्ट यथाशीघ्र तयार पार्ने र चाँडै नै हस्ताक्षर गर्ने बताउनुभयो।

उक्त भेटघाट कार्यक्रममा गैर आवासीय नेपाली संघ युरोप संयोजक चिन्तामणि सापकोटा, युरोप युवा संयोजक रमेश काफ्ले, एसिया प्यासिफिकका युवा उपसंयोजक रञ्जन कुँवर लगायत एनआरएन अभियन्ताहरुको उपस्थिति रहेको थियो भने सचिवालयबाट आइटि विभागका वरिष्ठ अधिकृत ई महेश श्रेष्ठ र अधिकृत ई. रुपक लामिछानेको सहभागिता रहेको थियो।

निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथि छलफल

एकीकृत निर्वाचन कानुनमा राय सुझाब संकलन कार्यक्रम अन्तर्गत बिदेशमा बस्ने नेपालीहरुको मताधिकार सुनिश्चिताको लागि सुझाव संकलनमा गैर आवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी र उपाध्यक्ष तथा बिदेशमा रहेका नेपालीहरुको निर्वाचन सुनिश्चिता टास्क फोर्सका संयोजक नरेन्द्र भाटले प्रतिनिधित्व गर्दै सुझाव संकलनमा सहयोग गर्नुभएको छ।

May be an image of 12 people, people sitting, people standing, table and indoor

निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले विदेशमा रहेका नेपालीहरूको लागि मताधिकारको लागि निम्न दफा र उपदफा बनाइएको छ:-

दफा( २२) मा उल्लेखित विदेशमा रहेका व्यक्तिको नामावली संकलन गर्ने :

(१) आयोगले मतदाता नामावली तयार गर्ने प्रयोजनको लागि विदेशमा रहेका नेपाली नागरिकको नामावली संकलन गर्न सम्भाव्यता आधारमा आवश्यक प्रबन्ध गर्नेछ।

२) उपदफा(१) बमोजिम विवरण संकलन गर्न आयोगले कुटनीतिक नियोग तथा अन्य निकायको सहयोग लिन सक्नेछ भनिएको छ। त्यस्तै दफा ( १०२) अन्तर्गत विदेशमा रहेका मतदाताले मतदान गर्ने:( १) आयोगले विदेशमा रहेका र दफा (२२) बमोजिमको मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिलाई सम्बधित मुलुकस्थित नेपाली कूटनीतिक नियोगको सहयोगमा सोही मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउन सक्नेछ।

(२ ) उपदफा (१) बमोजिम मतदानको व्यवस्था मिलाइएकोमा त्यस्ता मतदाताले समानुपातिक तर्फको निर्वाचनमा तोकिए बमोजिम मतदान गर्न सक्नेछन्।

(३) यस दफा बमोजिम मतदानको व्यवस्ता मिलाउने तथा त्यसरी मतदान भएको मतपत्रको गणना सम्बन्धी अन्य तोकिए बमोजिम हुनेछ।

(४ )उपदफा (१) बमोजिम मतदान गर्ने व्यवस्था गरिएको मुलुकको विवरण नेपाल राजपत्रमा प्रकाशन गरिनेछ। गैर आवसीय नेपाली संघले उपदफा (५) थपि अनिवार्य रुपमा आसन्न संघ र प्रदेशको निर्वाचनमा विदेशमा रहेका नेपालीहरुलाई अविलम्ब समावेश गर्नुपर्ने

भौतिकरूपमा असम्भव नभएको खण्डमा कूटनीतिक नियोगका निगरानीमा अनलाइन भोटिङ सिस्टममा मतदान गर्नुपर्ने सुझाब दिएको छ।


प्रकाशित | ३ श्रावण २०७९, मंगलवार १८:३४