एनआरएनए टोलीद्धारा पर्यटन मन्त्रीसँग भेट, पशुपतिमा बृद्धाश्रम निर्माणका लागि जग्गा उपलब्ध गराउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को एक प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग भेट गरेको छ । एनआरएनए अध्यक्ष कुल आचार्य नेतृत्वमा उपाध्यक्ष महेश श्रेष्ठसहितको टोलीले मन्त्री श्रेष्ठसँग भेट गर्दै पशुपति क्षेत्रमा बृद्धाश्रम निर्माणका लागि जग्गा उपलब्ध गराइदिन माग गर्नु भयो ।

एनआरएनएको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पशुपति क्षेत्रमा १०० कोठाको आधुनिक सुविधा सम्पन्न बृद्धाश्रम बनाउने निर्णय गरेको थियो । सोही निर्णय बमोजीम एनआरएनएले जग्गा उपलब्ध गराउन नेपाल सरकारसँग ताकेता गरिरहेको छ ।

No description available.

भेटमा मन्त्री श्रेष्ठले पशुपति क्षेत्रमा बृद्धाश्रम बनाउने कार्य अत्यन्तै सराहनीय भएको बताउँदै बृद्धाश्रम निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले भेटलगत्तै तत्कालै पशुपति गुठी संस्थानका प्रमुखलाई सम्पर्क गरेर जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउन निर्देशन समेत दिनु भएको थियो ।

No description available.

भेटमा एनआरएनए युरोप संयोजक चिन्तामणी सापकोटा, युरोप युवा संयोजक रमेश काफ्लेलगायतको पनि सहभागिता थियो ।

बृद्धाश्रम निर्माणका लागि बीसदेखि पचीस करोड सम्म लागत लाग्ने अनुमान गरिएको छ । एनआरएनएले बृद्धाश्रम निर्माणका लागि विभिन्न ब्यक्तीहरुबाट करोडौ रुपैयाँ बराबरको सहयोगको प्रतिबद्धता पनि पाइसकेको छ ।

सो अवसरमा नवनियुक्त मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना पनि ज्ञापन गरिएको थियो ।


प्रकाशित | ३२ असार २०७९, शनिबार ११:०१