कुवेतले आजदेखि तीन महिनाको प्रवेश भिसा पुनः लागू गर्ने

कायरो – कुवेतले आज आइतबारदेखि तीन महिनाको प्रवेश भिसा पुन: लागू गर्ने भएको छ । गृह मन्त्रालयले कोभिड प्रतिबन्धहरू हटाउँदै तीन महिनाको भिसा लागू गर्ने जनाएको हो ।

कुवतेमा विदेशबाट आउने यात्रुहरूले उडानको ७२ घण्टा अघि गरिएको पीसीआर परीक्षणको रिर्पोट बुझाउनुपर्ने हुन्छ ।

पूर्ण खोप लगाएका यात्रुहरूलाई पूर्व आगमन र आगमनमा पीसीआर परीक्षणका साथै होम क्वारेन्टाइनमा बस्नु पदैन ।

साथै पूर्ण खोप नलगाएकाले आगमन पछि सात दिनको क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ भने क्वारेन्टाइन पछि अर्को पीसीआर परीक्षण नेगेटिभ भएको रिपोर्ट बुझाउनुपर्छ ।


प्रकाशित | ४ चैत्र २०७८, शुक्रबार २२:१४