मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउने तयारी, केहि महिनाभित्रै कार्यान्वयनमा आउँने

क्वालालम्पुर – मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ । मानव संशाधन मन्त्री दतुक सेरी एम सरावनले पारिश्रमिक बढाउने तयारी अन्तिम चरणमा पुगेको बताए ।

मन्त्री सरावनले एक–दुई महिनाभित्र लागू हुने गरि श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्याउने घोषणा गरेका हुन ।

आगामी अप्रिल १ देखि अन्तर्राष्ट्रिय सीमा खोल्ने मलेसियाको घोषणा

‘मलेसियामा न्यूनतम पारिश्रमिक वृद्धिको बारेमा धेरै चर्चा भइरहे पनि अर्को महिना वा ढिलोमा दुई महिनाभित्र कार्यान्वयनमा आउँछ’, मन्त्री सरावनलेले सदनमा सम्बोधन गर्दै भने।

मन्त्रिपरिषद्को बैठकमा तलब बृद्धिको विषयमा लगातार तीन पटक छलफल भएको जानकारी गराउँदै न्यूनतम पारिश्रमिक बढाउने योजनालाई अन्तिम रूप दिन लागिएको बताए । ‘प्रधानमन्त्री र पूरै मन्त्रिपरिषद् न्यूनतम पारिश्रमिक कार्यान्वयनमा प्रतिबद्ध छ’, उनले भने ।

न्यूनतम पारिश्रमिक लागू भइसकेपछि रोजगारदाताले कामदारलाई निकालेर जनशक्ति घटाउने अवस्था नआओस भन्ने कुरामा पनि सरकार चलाखो रहेको बताए ।

उनले अर्थतन्त्रका कतिपय क्षेत्रलाई करिब दुई वर्षसम्म न्यूनतम पारिश्रमिक वृद्धि लागू गर्नबाट छुट दिन सकिने पनि बताए ।

अब मलेसिया प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नु पर्दैन: स्वास्थ्यमन्त्री जमालुद्दीन

उनका अनुसार २०२१ को चौथो त्रैमासिकमा बेरोजगारी ०.५ प्रतिशतले घटेर ४.३ प्रतिशतमा पुगेको छ, जुन २०२० मा ४.८ प्रतिशत थियो। यसको मतलब बेरोजगारी संख्या ७ लाख ६० हजार ७०० बाट ६ लाख ९६ हजार ४०० मा झरेको उनले बताए।

सामाजिक सुरक्षा संगठनले बेरोजगारीलाई थप घटाउन अनुमानित तीन लाख जागिर खोज्नेहरूलाई लाभान्वित गर्न रोजगार र बीमा प्रोत्साहन योजना पनि सुरु गरेको उनले जानकारी गराए ।

श्रमिकको न्यूनतम पारिश्रमिक बढेर आएमा नेपाली श्रमिकहरु समेत लाभान्वित हुनेछन भने उनीहरुले न्यूनतम पारिश्रमिक साढे त्रिचालीस हजारको हाराहारीमा पुग्नेछ ।


प्रकाशित | ४ चैत्र २०७८, शुक्रबार १९:१९