एनआरएनए निर्वाचन: ४९१ जनाको नाम मतदाता सूचीबाट हटाइयो, अब ३ हजार ९८ मात्र कायम

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को यही २४-२५ मार्चमा हुन गइरहेको निर्वाचनमा ४९१ जनाको नाम मतदाता सूचीबाट हटाइएको छ ।

निर्वाचन समितिले आइतबार सूचना प्रकाशित गर्दै सेल्फी र गैर आवासीय नेपालीको परिचयपत्र उपलब्ध नगराउने ४९१ जनालाई मतदाता सूचीबाट हटाइएको हो ।

यसअघि निर्वाचन कमिटिले ३ हजार ५८९ जनाको नामावली प्रकाशन गर्दै निश्चित समय तोकेकोमा सो समयभित्र पनि सेल्फी र परिचय पत्र उपलब्ध नगराएको भन्दै उनीहरुलाई मतदाता सुचीबाट हटाइएको जनाइएको छ । 

अब अनलाईन मार्फत हुने निर्वाचनमा मतदाताको अन्तिम नामावली ३ हजार ९८ मात्र कायम हुने भएको छ ।

संघको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायत पदमा मतदान हुँदैछ ।

अनलाइनमार्फत हुने निर्वाचनको व्यवस्थापनको जिम्मा अष्ट्रेलियास्थित भेरो कम्पनीले लिएको छ ।  अध्यक्ष पदमा डा. बद्री केसी र रविना थापाबीच प्रतिस्पर्धा हुँदैछ ।


प्रकाशित | ६ चैत्र २०७८, आईतवार १३:१५