कतारमा रहेको विश्वकै सबैभन्दा ठूलो खेलकुद संग्रहालय यही मार्च ३१ मा खुल्ने

दोहा – कतार म्युजियम्सले कतार ओलम्पिक एण्ड स्पोर्ट्स म्युजियमलाई मार्च ३१ मा खोल्ने भएको छ । खलिफा इन्टरनेशनल स्टेडियम सर्वसाधारणका लागि खोल्न लागिएको हो ।

संग्रहालयको उद्घाटन कतारमा हुने ७२ औं फिफा सम्मेलनसँगै हुने जनाइएको छ । यो संग्रहालय स्पेनी वास्तुकार जोन सिबिना द्वारा डिजाइन गरिएको थियो । लगभग १९ हजार वर्ग मिटर रहेको संग्रहालय विश्वमै सबैभन्दा ठूलो संग्रहालयहरु मध्ये एक हो ।

सङ्ग्रहालयमा सातवटा ग्यालरीहरू छन् । जसमा खेलकुदको इतिहासको सुरुवातदेखिका  विश्वभरका वस्तुहरू समावेश गरिएको छ ।

पुरातनदेखि आधुनिक समयसम्म विश्वभरका खेलकुदको इतिहास यहाँ पाउन सकिन्छ। ग्यालेरीमा भएका वस्तुहरूले ईसापूर्व ८ औँ शताब्दीमा र २० औं शताब्दीको सुरुमा फर्काउछ । यसमा ग्राफिक्स, अडियो-भिजुअल र अन्तरक्रियात्मक डिजिटल तत्वहरू पनि समावेश छन्।


प्रकाशित | ६ चैत्र २०७८, आईतवार १४:२५