फिनल्याण्ड विश्वको सबैभन्दा खुसी देश, दक्षिण एसियामा नेपाल

काठमाडौं– फिनल्यान्ड लगातार पाँचौँ पटक खुसी देशको पहिलो नम्बरमा पर्न सफल भएको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२२ का अनुसार फिनल्यान्ड सर्वाधिक खुसी देशमा पर्न सफल भएको हो ।

सूचीमा डेनमार्क दोस्रो, आइसल्यान्ड तेस्रो, स्वीट्जरल्यान्ड चौथो र नेदरल्यान्ड्स पाँचौँ स्थानमा रहेका छन् ।

नेपाल सूचीको ८५ औँ स्थानमा छ । नेपाल दक्षिण एसियामा नै पहिलो स्थानमा छ । भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन् । नेपालपछि बुलगेरिया र माल्दिभ्स छन् । सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छन् । श्रीलंका १२६ औँ स्थानमा छ भने भारत १३६औँ स्थानमा छ । चीन ७२ औँ स्थानमा छ । सूचीअनुसार अफगानिस्तान पुछारमा छ ।

सन् २०२१ को तुलनामा अमेरिका तीन स्थान माथि १६ औं स्थानमा छ। क्यानडा १५ औं र बेलायत १७ औं स्थानमा परेका छन्।

अहिले एकअर्कासँग युद्धरत रुस र युक्रेन क्रमशः ८० र ९८ औँ स्थानमा छन् । फेब्रुअरी २४ मा सुरु भएको युक्रेनमा रुसी आक्रमण हुनुभन्दा धेरै अघि विश्व खुशी रिपोर्ट २०२२ प्रतिवेदन संकलन गरिएको थियो।

प्रतिव्यक्ति आम्दानी, वास्तविक जीडीपी, स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार सूचकलगायतलाई विश्व खुसी प्रतिवेदनले आधार मान्ने गरेको छ । सार्वजनिक प्रतिवेदनमा एक सय ४६ देशलाई समेटिएको छ ।

विश्वका सबैभन्दा खुसी देश : शीर्ष २० भित्र को-को परे ?

१. फिनल्याण्ड

२ डेनमार्क

३ आइसल्याण्ड

४. स्विट्जरल्याण्ड

५. नेदरल्याण्ड्स

६. लक्जेमबर्ग

७. स्वीडेन

८. नर्वे

९. इजरायल

१०. न्युजिल्याण्ड

११. अस्ट्रिया

१२. अस्ट्रेलिया

१३. आयरल्याण्ड

१४. जर्मनी

१५. क्यानडा

१६. संयुक्त राज्य अमेरिका

१७. बेलायत

१८. चेक रिपब्लीक

१९. बेल्जियम

२०. फ्रान्स


प्रकाशित | ५ चैत्र २०७८, शनिबार १२:३१