राष्ट्रिय निर्माण माविले जित्यो तेस्रो कागेश्वरी मनोहरा नगर स्तरीय राष्ट्रपति शिल्डको उपाधि, दोस्रोमा आनन्द र तेस्रोमा कान्ति भैरव

काठमाडौं: तेस्रो कागेश्वरी मनोहरा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नेपाल राष्ट्रिय निर्माण माविले हात पार्न सफल भएको छ । राष्ट्रिय निर्माण माध्यमिक विद्यालयले ८ स्वर्ण, ६ रजत र ५ कास्य गरी कुल १९ पदक प्राप्त गर्दै उपाधि जित्न सफल भएको हो ।

प्रतियोगितामा ७ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल १७ पदक सहित आनन्द भैरव माध्यमिक विद्यालय दोस्रो भएको छ भने कान्ति भैरव माध्यमिक विद्यालय ८ स्वर्ण, १ रजत र ४ कास्य गरी कुल १३ पदक र ३० अंक प्राप्त गरि तेस्रो हुन सफल भएको छ ।

यस्तै ७ स्वर्ण र ७ कास्य गरी कुल १४ पदक र २८ अंकसहित गान्धी माध्यामीक विद्यालय चोथौं भयो भने अघिल्लो वर्षको प्रतियोगितामा उपाधि विजेता तेज विनायक माध्यमिक विद्यालयले १ स्वर्ण, ३ रजत र ७ कास्य गरी कुल ११ पदक सहित १६ अंक प्राप्त गर्दै पाचौँ स्थानमा चित्त बुझाएको छ ।

प्रतियोगिताका विभिन्न विधामा विजेता भएका विद्यालयहरुले पनि स्वर्ण, रजत र कास्य पदक हासिल गरेका थिए । विजयी खेलाडी तथा विद्यालयहरुले शिल्ड, प्रमाणपत्र र पुरस्कार प्राप्त गरेका छन् ।

सो अवसरमा बोल्नुहुँदै कागेश्वरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले नगरपालिकालाई स्वच्छ, सफा र हराबरा बनाउने, शिक्षा र स्वस्थ्य क्षेत्रमा अग्रणी र अब्बल बनाउने, खेलकुदको विकास गर्ने, बालमैत्री र संस्कारसहितको गुणस्तरिय शिक्षा दिने प्रत्याभूति दिलाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको प्रमुख अतिथिको रुपमा सहभागि हुनुहुन्थ्यो ।प्रतियोगिता आयोजक समितिका संयोजक भिमसेन थापाको सभापतीत्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख शान्ता थापा, शिक्षा शाखा प्रमुख गोविन्दप्रसाद शर्मा, वडा नंं १ का वडाध्यक्ष मुकुन्द गजुरेल, वडा नंं ६ का वडाध्यक्ष प्रकाश फुयाँल, वडा नंं ९ का वडाध्यक्ष अनील थापालगायत जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले मन्तब्य राख्नु भएको थियो ।


प्रकाशित | २९ पुष २०८०, आईतवार २२:२७