कागेश्वरी मनोहरा नगरपालिकालाई ‘बहुउद्देश्यीय कार्यालय भवन’ निर्माणका लागि १ करोड ६१ लाख अनुदान

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकामा ‘बहुउद्देशीय कार्यालय भवन निर्माण’ का लागि नगरपालिका र नगर विकास कोष बीच सम्झौता सम्पन्न भएको छ ।नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र कागेश्वरी मनोहरा नगरपालिका नगर कार्यपालिका प्रमुख उपेन्द्र कार्की बीच उक्त आयोजनामा सम्झौता भएको हो ।

सम्झौता अनुसार कार्यालय भवन निर्माणका लागि कोषबाट १० करोड ४७ लाख ९ हजार आठ सय ऋण र १ करोड ६१ लाख ९ हजार दुई सय रुपैयाँको अनुदान प्रदान गरिनेछ ।

सम्झौता कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडा नंं ३ का वडाध्यक्ष राममणी पुडासैनी, वडा नंं ४ का वडाध्यक्ष विजय श्रेष्ठ, ७ का वडाध्यक्ष भिमसेन थापा, ८ का वडाध्यक्ष हरिभक्त पुडासैनीलगायत जनप्रतिनिधि तथा शाखा प्रमुखहरुको सहभागिता थियो ।


प्रकाशित | ८ माघ २०८०, सोमबार २२:०९