एनआरएनए सहकोषाध्यक्षमा कृष्ण तिमल्सेनाको उम्मेदवारी, निर्वाचीत भए इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्षमा बेलायतबाट कृष्ण तिमल्सेनाले उम्मेदवारी दिन लाग्नु भएको छ । यसअघि सन् २०२१२३ को सहमतीय कार्यकालमा सहकोषाध्यक्षको जिम्मेवारी समाल्नु भएको तिमल्सेनाल आगामी कार्यकालमा पनि सोही पदमा उम्मेदवारी दिन लाग्नु भएको हो । डेढ दशकभन्दा लामो समयदेखि निरन्तर एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएको उहाँले आफूलाई महाधिवेशन प्रतिनिधिहरुले […]

एनआरएनए निर्वाचन: हालसम्म १४ जनाको मात्रै उम्मेदवारी दर्ता, उम्मेदवारलाई प्रस्तावक र समर्थक पाउनै मुस्किल

काठमाडौँ: गैर आवासीय नेपाली संघ (एनआरएनए) को विहीबारदेखि उम्मेदवारी दर्ता सुरु भएकोमा शुक्रबार बेलुकासम्म १४ जनाले मात्रै उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्दा प्रस्तावक र समर्थक दुई दुई जना आवश्यक पर्ने भएकाले अहिलेसम्म केही उम्मेदवारलाई भले प्रस्तावक र समर्थक पाउन मुस्किल परेको बताएका छन् । एक जना उम्मेदवारका लागि सशरीर दुई जना प्रस्तावक […]

एनआरएनए एसिया प्याशिफिकको संयोजकमा जापानका निवर्तमान अध्यक्ष शिव प्रसाद पौडेलको उम्मेदवारी दर्ता

काठमाडौं:  गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ । पौडेलले उम्मेदवारी दर्ता शुरु भएसँगै बिहीबार सबैभन्दा पहिला उम्मेदवारी दर्ता गराउनु भएको हो । पौडेलले आफ्ना विभिन्न प्रतिबद्धता सहित क्षेत्रीय संयोजकमा उम्मेदवारी दर्ता गरेको बताउँदै सबैको साथ र सहयोगका हुने विश्वास ब्यक्त […]

एनआरएन फाउण्डेशनमा ढकाल र परियार मनोनित

काठमाडौँ : एनआरएन फाउण्डेशनमा दुई जना सदस्यहरु थपिएका छन् । हालै बसेको बैठकले फाउण्डेशनको अध्यक्षमा राम प्रताप थापालाई नियुक्त गरेको थियो । संघका पूर्व प्रमुख संरक्षक पनि रहनु भएको थापाले संघका संस्थापक सचिव चिरन्जीवी ढकाल तथा बिष्णुमाया परियारलाई सदस्यमा मनोनयन गर्नु भएको हो । गैर आवासीय नेपाली संघले आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेको एनआरएन फाउण्डेशन […]

एनआरएनए अध्यक्षमा डा. बद्री केसीद्धारा पुन: उम्मेदवारी घोषणा

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसीले पुनः उम्मेदवारी घोषणा गर्नु भएको छ । डा. केसीले आगामी २०२३–२५ कार्यकालका लागि बुधबार जुम मार्फत औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको हो । डा. केसीले आफ्ना अधुरा काम पुरा गर्नका लागि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको बताउनुभयो । गैर आवासीय नेपाली […]

दुःखमा मल्हम लगाउन अघि सर्ने एनआरएनए सचिव पदका उम्मेदवार कृष्णजीवी पन्थ, जसको कारण विकटमा बन्यो प्रसूति गृह

मानिसमा मानवीयता कायमै रहेको सङ्केत दिन दुःखीहरूको सेवा र सहयोगमा अघि बढेका हातहरूले प्रमाणित गरिरहेका छन् । कृष्णजीवी पन्थ, जो बाल्यवस्था देखीनै समाजका लागि केही गर्नुपर्छ भन्ने भावनाबाट प्रोत्साहित हुनुहुन्थ्यो । कसैको आँखामा आसु देख्न नसक्ने कृष्णजीवी आफुले देखेका हर व्यक्तिको दुःखमा मल्हम लगाउन अघि सर्ने स्वभावका धनी हुनुहुन्छ । नेपालको तनहुँबाट विश्वकै सपनाको देश […]

एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठद्धारा एनसिसी कुवेतको राहत कोषमा ५ लाख सहयोग

कुवेत: गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार महेश श्रेष्ठले एनसिसी कुवतेको राहत कोषमा ५ लाख सहयोग गर्नु भएको छ । एनसिसी कुवेतले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमका कुवेत पुग्नु भएको अध्यक्षका उम्मेदवार श्रेष्ठले राहत कोषमा ५ लाख सहयोग गर्नु भएको हो । सो अवसरमा श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको हकहितका लागि १० करोड […]