एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठद्धारा एनसिसी कुवेतको राहत कोषमा ५ लाख सहयोग

कुवेत: गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार महेश श्रेष्ठले एनसिसी कुवतेको राहत कोषमा ५ लाख सहयोग गर्नु भएको छ । एनसिसी कुवेतले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमका कुवेत पुग्नु भएको अध्यक्षका उम्मेदवार श्रेष्ठले राहत कोषमा ५ लाख सहयोग गर्नु भएको हो ।

सो अवसरमा श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको हकहितका लागि १० करोड रुपैंयाँ बराबरको कोष खडा गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

उहाँले नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी संघ र दातृ निकायसंग समन्वय गरी कम्तीमा १० करोडको श्रमिक कल्याण कोष खडा गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

‘मध्यपूर्व साथै एसियाका देशहरुको भ्रमणका क्रममा धेरै भन्दा धेरै नेपालीहरुको श्रमसम्बन्धी समस्या रहेको पाएँ । त्यसका लागि प्रत्येक बर्ष १० करोड रुपैंयाँ संकलन हुनेगरी कोष खडा गर्ने प्रतिबद्धता जनाउँदछु । यो काम विजयी भएर गएको पहिलो बर्षबाट नै सुरु गर्नेछु,’ उहाँले भन्नुभयो, ‘त्यस बाहेक सरकारसँग मिलेर नीति निर्माणमा प्रशस्त कामहरु गर्नुपर्नेछ । घरेलु कामदार तथा श्रमिकको समस्या, दोहोरो श्रम सम्झौता, श्रम सहचारी र श्रम स्वीकृतिका क्रममा हुने झन्झट नीतिमार्फत समाधान गर्नु पर्ने हुन्छ । त्यस्तो नीति बनाउन नेपाल सरकारसंग पहल गर्ने मेरो पहिलो प्राथमिकतामा पर्छ ।’


प्रकाशित | १६ आश्विन २०८०, मंगलवार २०:१०