एनआरएन फाउण्डेशनमा ढकाल र परियार मनोनित

काठमाडौँ : एनआरएन फाउण्डेशनमा दुई जना सदस्यहरु थपिएका छन् । हालै बसेको बैठकले फाउण्डेशनको अध्यक्षमा राम प्रताप थापालाई नियुक्त गरेको थियो । संघका पूर्व प्रमुख संरक्षक पनि रहनु भएको थापाले संघका संस्थापक सचिव चिरन्जीवी ढकाल तथा बिष्णुमाया परियारलाई सदस्यमा मनोनयन गर्नु भएको हो ।

गैर आवासीय नेपाली संघले आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेको एनआरएन फाउण्डेशन गत २०७८ आश्विन ४ मा नेपालको कम्पनी रजिष्ट्रारको कार्यलयमा विधिवत दर्ता गरिएको थियो।

एनआरएनएसंग समन्वय गरी पारदर्शी र प्रभावकारी किसिमले नेपालमा कल्याणकारी कार्यहरु सम्पन्न गर्ने उद्देश्यले यो फाउण्डेशनको स्थापना गरिएको हो। अब छिट्टै विधान समितिको बैठक बसालेर नीतिगत कुराहरु स्पष्ट पार्नेछौं, अध्यक्ष अध्यक्ष थापाले भन्नुभयो ।

नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्यहरू सम्पन्न गर्ने अभिप्रायले स्थापित एनआरएन फाउण्डेशन एक व्यावसायिक, सीमित दायित्व भएको, गैर नाफामूलक, गैरराजनीतिक, तथा गैरसरकारी संस्थाको रुपमा रहने विधानमा उल्लेख छ।

फाउण्डेशनका संस्थापक सदस्यहरुमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्षहरु जीवा लामिछाने, कुमार पन्त, संस्थापक महासचिव भीम उदास, पूर्व सल्लाहकारहरु कुलचन्द्र गौतम र एकनाथ खतिवडा, नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौड्याल र अभिनेत्री मनिषा कोइराला हुनुहुन्छ ।

 


प्रकाशित | २० आश्विन २०८०, शनिबार १७:२९