दुःखमा मल्हम लगाउन अघि सर्ने एनआरएनए सचिव पदका उम्मेदवार कृष्णजीवी पन्थ, जसको कारण विकटमा बन्यो प्रसूति गृह

मानिसमा मानवीयता कायमै रहेको सङ्केत दिन दुःखीहरूको सेवा र सहयोगमा अघि बढेका हातहरूले प्रमाणित गरिरहेका छन् । कृष्णजीवी पन्थ, जो बाल्यवस्था देखीनै समाजका लागि केही गर्नुपर्छ भन्ने भावनाबाट प्रोत्साहित हुनुहुन्थ्यो । कसैको आँखामा आसु देख्न नसक्ने कृष्णजीवी आफुले देखेका हर व्यक्तिको दुःखमा मल्हम लगाउन अघि सर्ने स्वभावका धनी हुनुहुन्छ ।

नेपालको तनहुँबाट विश्वकै सपनाको देश अमेरिकासम्मको यात्रा तय गरिसक्दा पनि उहाँमा सहयोगी भावना घटेन, बरु झन् झन् झागिँदै गयो । यसैको फलस्वरुप उहाँले विभिन्न संघसंस्थामा आबद्धता जनाउनु भयो र अमेरिकामा रहेका नेपालीहरुको पिडामा मात्रै होइन नेपालको दुर दराजका क्षेत्रमा पनि सहयोगका लागि हात अघि बढाउन थाल्नु भयो । जसको पछिल्लो उदाहरण हो, सल्यान जिल्लाको कुमाख गाउँपालिका वडा न १ टाट्के चौरमा बनाएको प्रसूति गृह तथा स्वास्थ्य सेवा केन्द्र ।

निस्वार्थ भावनाले आफूलाई समाजप्रति त्याग र अर्पण गर्नु नै समाजसेवा गर्नु हो । कृष्णजीवी पन्थको सहयोगी भावनाको कारण नै आज विकट क्षेत्रका हजारौं महिलाहरुले सहज रुपमा उपचार सेवा पाएका छन् । आफ्नो गृह जिल्ला तनहुँलाई भन्दा पनि विकट क्षेत्रका महिलाहरु उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको बाध्यतालाई महशुुस गरेर नै कर्णालीको विकट क्षेत्रमा प्रसूति गृह बनाएको उहाँको भनाई छ । वास्तवमै एक व्यक्तिको भावना, लगन र समाजका लागि केही गर्ने अठोटले आज सो क्षेत्रका हजारौ महिलाहरु लाभान्वित बनेका छन् ।

समाजसेवा धनले भन्दा पनि मन अनि भावनाले हुने पन्थ बताउनु हुन्छ । जति अरूलाई सेवा ग¥यो त्यति नै पुण्य मिल्ने कुरामा उहाँ विश्वास राख्नु हुन्छ । करिब ४० लाख लागतमा बनाएको प्रसुति गृहको गैर आवासीय नेपाली संघ अमेरिकाको निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहनु भएको पन्थले गाँउपालिकाकालाई हस्तान्तरण पनि गरिसक्नु भएको छ ।

प्रसुति गृहमा डाँडागाउँ, भितिवनचौर, नुवागाउ, साधनमुढा, भितिवन आसपासका ठाउँका सुत्केरीले सेवा लिइरहेका छन् । सो क्षेत्रमा बनेको प्रसुती गृहले अस्पतालले भन्दा ठूलो काम गरेको छ ।

भवन बनाउनका लागि स्थानीयले पाँच रोपनी जग्गा दान दिएका थिए । परियोजना सम्पन्न गर्नको लागि सहयोग गर्ने एनआरएनए अमेरिका, कुमाख गाउँपालिका, मानव विकास तथा सामुदायिक सेवा, चौरजहारी अस्पताल, भवनको लागि ५ रोपनी जग्गा दान गर्ने सिता राना र दले रानालगायत सरोकारवालालाई एनआरएनए अमेरिकाले धन्यवाद ज्ञापन गरेको छ ।

पसूति गृह निर्माण गर्ने मात्र नभई यसलाई नियमीत रुपमा सञ्चालन गर्न आवश्यक जनशक्तीको खर्च समेत कृष्णजीवी आफैले ब्यहोर्नु भएको छ । दुई वर्षसम्म एक जना सुत्केरी गराउने नर्सको तलब भत्ता उहाँ आफैले ब्यर्होनु भएको हो।

सो परियोजनाको व्यवस्थापनको जिम्मा गाउँपालिकाको रहेको छ भने चौरजहारी अस्पतालले प्रसुती गृहको नियमित अनुगमन गर्ने, स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिने, सेन्टरबाट सिफारिस गरिएका बिरामीलाई प्राथमिकताका साथ उपचार गर्ने जिम्मेवारी लिएको छ ।

एकले अर्कालाई गर्ने सहयोगबाट मात्र दुःखीहरूले राहत पाउन सकेका छन् । राज्य वा ठुला निकायको मात्र भर पर्ने हो भने गरिब, दुःखी तथा पिछडीएका वर्गहरुको अवस्था के हुन्थ्यो होला रु त्यो हामी कल्पना पनि गर्न सक्दैनौ ।

कसैको ध्यान नपुगेका ठाउँमा आवश्यक परेकालाई सेवा भावले गर्ने सहयोगले कसैको अहित हुँदैन । बरु यसले दान गर्नेलाई पनि भावी दिनमा अप्ठेरो परे दान पाउने बाटो खोल्दछ । कृष्णजीवी पन्थको सहयोगी हातहरुका कारण गरिब दिनदुःखी तथा पिछडीएका वर्गहरुले पुर्नजन्म पाएका छन् र त आज खुशीसाथ बाँच्न पाएका छन् ।

यूरोप हुँदै मध्यपूर्वको भ्रमणमा पन्थ

गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा सचिव पदको उम्मेदवार रहनु भएको पन्थ चुनावी अभियानलाई तीब्र बनाइरहनु भएको छ । पन्थ एनआरएन अभियान भएकाले चुनाव केन्द्रित नभई समग्र नेपालीले जीत्ने गरि अगाडि बढाउनुपर्नेमा जोड दिनुहुन्छ । पन्थले यरोप हुँदै मध्यपूर्वको भ्रमण सम्पन्न गरिसक्नु भएको छ । सो क्रममा पन्थलाई गैर आवासीय नेपालीहरुबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।


प्रकाशित | १७ आश्विन २०८०, बुधबार ०८:५३