एनआरएनए सहकोषाध्यक्षमा कृष्ण तिमल्सेनाको उम्मेदवारी दर्ता, आर्थिक पारदर्शीता कायय गर्दै कोषलाई बलियो र सशक्त बनाउने प्रतिबद्धता

काठमाडौं:  गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्षमा बेलायतबाट कृष्ण तिमल्सेनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । सहकोषाध्यक्षमा उम्मेदवारी दर्ता गर्नु भएको हो । हाल सहकोषाध्यक्षको जिम्मेवारीमै रहनु भएको तिमल्सेनाले आर्थिक पारदर्शीता, आथिक कोषलाई बलियो र सशक्त बनाउने एजेन्डासहित उम्मेदवारी दर्ता गराएको बताउनुभयो । डेढ दशकभन्दा लामो समयदेखि निरन्तर एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएको […]

एनआरएनए कोषाध्यक्षमा सुदन थापाको उम्मेदवारी दर्ता

काठमाडौँः गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कोषाध्यक्षमा जापानका सुदनकुमार थापाले उम्मेदवारी दिनु भएको छ । एनआरएनए आईसीसी ग्लोबल युवा संयोजक र एनसीसी जापानको अध्यक्षको जिम्मेवारी समाली सक्नु भएको थापाले बालुवाटारस्थित एनआरएनए सचिवालयमा पुगेर कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको हो । उम्मेदवारी दर्ता पछि प्रतिक्रिया दिनुहुँदै थापाले ठोस प्रतिबद्धता सहित उम्मेदवारी दिएको बताउनुभयो । […]

एनआरएनए उपमहासचिवमा प्रमोद सिटौलाको उम्मेदवारी दर्ता

काठमाडौं:  गैर आवासीय नेपाली संघको आगामी कार्यकालको लागि प्रमोद सिटौलाले उपमहासचिव पदमा उम्मेदवारी दिनु भएको छ । बालुवाटारस्थित एनआरएनए सचिवालयमा पुगेर सिटौलाले उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो । हाल आइसिसी सचिव रहनु भएको सिटौलाले उम्मेदवारी दर्ता पछि प्रतिक्रिया दिनुहुँदै सचिवमा रहेर काम गरिसकेकाले यो भन्दा माथि गएर योगदान गर्नका लागि उपमहासचिव पदमा उम्मेदवारी […]

एनआरएनए महासचिवमा गौरीराज जोशीको उम्मेदवारी दर्ता, पद ओगट्न नभई काम गरेर देखाउन पुन: उम्मेदवारी दिएको जोशीको भनाई

काठमाडौं : गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि महासचिव पदमा गौरीराज जोशीले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । वर्तमान कार्यसमितिमा महासचिवकै जिम्मेवारीमा रहनु भएको जोशीले पुनः दोश्रो कार्यकालका लागि सोही पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो । संघको सचिवालयमा रहेको निर्वाचन समितिमा पुगेर समितिका संयोजक यादव ढुंगानालाई जोशीले उम्मेदवारीको मनोनयन […]

कृष्णजीवी पन्थले गराए एनआरएनए सचिव पदमा उम्मेदवारी दर्ता

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा अमेरिका निवासी कृष्णजीवी पन्थले सचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ । बालुवाटार स्थित एनआरएनए सचिवालयमा पुगेर पन्थले सचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । पन्थले महेश श्रेष्ठ टिममा सचिवमा उम्मेदवारी दिनु भएको हो । एनआरएनएमा लोकप्रिय र बलियो उम्मेदवारको रूपमा हेरिएका पन्थको प्रस्तावकमा राजेन्द्र […]

एनआरएनए उपाध्यक्षमा सुनील साहको उम्मेदवारी दर्ता

काठमाडौं: गैर आवासीय नेपाली संघको उपाध्यक्षमा सुनील साहले उम्मेदवारी दर्ता गर्नु भएको छ । अमेरिकानिवासी साहले बालुवाटारस्थित एनआरएनए सचिवालयमा पुगेर उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । साहले महेश श्रेष्ठ टिममा उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो । एनआरएनए आइसिसीको वर्तमान कोषाध्यक्ष तथा एनसिसी अमेरिकाका पूर्व अध्यक्ष साहले उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिनुहुँदै एनआरएनको एजेन्डा […]

एनआरएनएमा महेश श्रेष्ठको कारण एकताको मुद्दा बलियो बन्दै, समर्थन जनाउनेको संख्या बढ्दो

काठमाडौं:  पछिल्लो समय एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठको पक्षमा समर्थन बढ्दो छ । एनआरएनएमा समानान्तर समूह बनाएर नेतृत्व गर्नु भएका विनोद कुँवरसंग भेटेर एकताको लागि अनौपचारिक रुपमा सहमति गरेपछि अध्यक्षका उम्मेदवार महेश श्रेष्ठको पक्षमा समर्थन बढेको हो । कोरिया भ्रमणमा रहेका बेला श्रेष्ठले आफ्नो टिमका उम्मेदवारहरु र डेलिगेट्स एवम सदस्यहरुबीच आयोजना गरिएको अन्तरसंवादलाई सम्बोधन गर्नेक्रममा […]