एनआरएनए अध्यक्षमा डा. बद्री केसीद्धारा पुन: उम्मेदवारी घोषणा

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसीले पुनः उम्मेदवारी घोषणा गर्नु भएको छ । डा. केसीले आगामी २०२३–२५ कार्यकालका लागि बुधबार जुम मार्फत औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

डा. केसीले आफ्ना अधुरा काम पुरा गर्नका लागि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

गैर आवासीय नेपाली संघको अभियानमा स्थापनाकालदेखि निरन्तर सक्रिय भएर लागेको बताउँदै आगामी कार्यकालका लागि निर्वाचित अध्यक्ष भएर अधुरा काम तथा एजेण्डाहरु पुरा गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

अध्यक्षको औपचारिक घोषणा गर्दै केसीले एनआरएनएले अहिलेसम्म गरेका कामको जानकारी गराउँदै केही अधुरा कार्य पुरा गर्दै एनआरएनएलाई विदेशमा रहेका नेपालीहरुको सम्मानित र गर्व गर्न लायक बनाएर छोड्ने बताउनुभयो ।

केसीलाई साथ दिदै उपाध्यक्षमा डा.हेमराज शर्मा, रामशरण सिंखडा, महासचिवमा गौरीराज जोशी लगायतले उम्मेदवारी घोषणा गर्नु भएको छ ।


प्रकाशित | १७ आश्विन २०८०, बुधबार २०:११