एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ बिहीबार मध्यपूर्व भ्रमणमा जाने

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ बिहीबार मध्यपपूर्व भ्रमणमा निस्कनु हुने भएको छ । श्रेष्ठले मध्यपूर्वको बहराईन, कुवेत, साउदी अरव, कतार, यूएई, ओमानको भ्रमण गर्ने कार्यक्रम तय भएको हो । मध्यपूर्वको भ्रमण सकाएर श्रेष्ठले एसिया प्याशिफिकका मलेसिया, कोरिया, थाईल्याण्डलगायतका देशमा भ्रमण गर्ने कार्यक्रम छ । काठमाडौंबाट अध्यक्षमा औपचारिक […]

एनआरएनए उपाध्यक्षको तयारीमा सचिव राजन त्रिपाठी

टेक्सस: गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा राजन त्रिपाठीले उपाध्यक्ष पदमा उम्मेदवारी दिन तयारी थाल्नु भएको छ । एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशिल रहँदै आउनु भएको त्रिपाठीलाई गैर आवासीय नेपाली अभियन्ताहरुबाट उपाध्यक्षका लागि सुझाव आएपछि तयारीमा जुट्नु भएको हो । स्रोतका अनुसार त्रिपाठी महेश श्रेष्ठको टिममा पर्नु भएको छ । एनआरएनए अमेरिकाज् क्षेत्रको […]

एनआरएनए सचिवका उम्मेदवार कृष्णजीवी पन्थ यूरोप दौडाहमा

जर्मनी : गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा सचिव पदका उम्मेदवार कृष्णजीवी पन्थ यूरोप भ्रमणमा निस्कनु भएको छ । एनआरएनए अमेरिकाका निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहनु भएको पन्थ चुनावी प्रचार प्रसारको सिलसिलामा यूरोप भ्रमणमा निस्कनु भएको हो । एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशिल रहँदै आउनु भएको पन्थले यूरोपका विभिन्न एनसिसीहरुसँग अन्तरक्रिर्या तथा भेटघाट […]

एनआरएनए एसिया प्याशिफिकको डिआरसीमा दीपक कँडेलको उम्मेदवारी घोषणा

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिकको उपसंयोजक (डिआरसी) पदमा जापानबाट दीपक कँडेलले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । युवा संयोजक हुँदै हाल सहसंयोजक (डिआरसी) पदमा क्रियाशील रहनु भएको कँडेलले पुन: सोही पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । युवा संयोजक हुँदा युवा र दोस्रो पुस्ताका लागि निकै नै रचनात्मक कार्य […]

एनआरएनए उपाध्यक्षमा सुनील साहको उम्मेदवारी घोषणा

काठमाडौं: गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा कोषाध्यक्ष सुनील साहले उपाध्यक्षमा उम्मेदवारी घोषण गर्नु भएको छ । साहले आगामी कार्याकालको लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । संघको निर्वाचन अक्टोवरमा हुँदैछ । साहले वर्तमान कार्यसमितिमा कोषाध्यक्ष रहँदा संस्थामा आर्थिक पारदर्शीता कायम गर्न सफल हुनुभएको छ भने मासिक रुपमा आर्थिक प्रतिवेदन सार्वजनीक गर्ने […]

एनआरएनएको नेतृत्व हाँक्न मैदानमा होमिएका आर. के. शर्मा भन्छन्,’माहौल बन्दै गएकोमा उत्साहित छु’

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार (आर.के) शर्मा आगामी नेतृत्वको लागि चुनावी मैदानमा होमिनु भएको छ । शर्माले चुनावी अभियानकै क्रममा विशेष गरि यूरोप र एसियाका धेरै जसो एनसिसीहरुको भ्रमण सम्पन्न गरिसक्नु भएको छ । शर्मा केहि समय अघि मात्र जापान पुग्नु भएको थियो । युरोप र जापानमा बस्ने गैर आवासीय अभियन्ताबाट […]

नागरिकता सम्बन्धी नियमावली गैर आवासीय नेपालीमैत्री बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं: उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैर आवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण सम्पन्न गरी सहजै नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री श्रेष्ठले हाल बनिरहेको भइरहेको गैरआवासीय नेपाली नागरिकताको नियमावलीमा समावेश गरिने प्रावधान गैर आवासीय नेपालीमैत्री […]