थलीमा काठमाडौँ जिल्ला व्यापी तेक्वान्दो प्रतियोगिता हुने

काठमाडौँ -‘स्वास्थ्यका लागि खेलकुद, राष्टका लागि खेलकुद’ भन्ने नाराका साथ काठमाडौ जिल्ला व्यापी जुनियर तेक्वान्दो प्रतियोगीता थलीमा हुने भएको छ । थली तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगीता कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा हुने छ । प्रतियोगीता जेष्ठ ५ र ६ गरि दुई दिन सञ्चालन हुने आयोजकले जनाएको छ । । तेक्वान्दो खेलको विकास गर्ने उदेश्यले […]

साफ च्याम्पियनसिप– नेपालको समूहमा भारत, पाकिस्तान र कुवेत

काठमाडौं – नेपालले साफ च्याम्पियनसिपको सुरुवातमा कुवेतविरुद्ध खेल्ने भएको छ । असार ६ गते भारतको बैंगलुरुमा सुरु हुने प्रतियोगिताको पहिलो दिन नेपालले कुवेतको सामना गर्नेछ । भारतको नयाँ दिल्लीमा बुधबार भएको समूह विभाजनपछि जारी गरिएको खेलतालिकामा नेपालले दोस्रो खेल आयोजक भारत र तेस्रो खेल पाकिस्तानसँग खेल्नेछ । नेपालले साविक विजेता समेत रहेको भारतसँग असार ९ […]

सूर्यविनायकका मेयर थापाद्धारा राष्ट्रिय फुलकन्ट्याक्ट क्योकुसिन कराँते प्रतियोगिताको उद्घाटन

भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले खेल क्षेत्रलाई विशेष प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेमा जोड दिनु भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा शूरु दोस्रो महिला तथा पुरुष राष्ट्रिय फुलकन्ट्याक्ट क्योकुसिन कराँते प्रतियोगिताको उद्घाटन गर्नुहुँदै नगर प्रमुख थापाले खेल क्षेत्रलाई विशेष प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेमा जोड दिनु भएको हो । शिक्षा र स्वास्थ्य क्षेत्र […]

लिभरपुलको शीर्ष चारको सम्भावना बलियो

एजेन्सी –प्रिमियर लिगमा इजिप्टका फरवार्ड मोहम्मद सलाहको ह्याट्रिक असिस्ट मद्दतमा लिभरपुलले सहज जित हात पार्दै शीर्ष चारको सम्भावना बलियो बनाएको छ । किङ पावर स्टेडियम लेस्टरमा लिरभपुलले घरेलु टोली लेस्टर सिटीमाथि ३–० को सहज जित हात पार्दै शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको हो । सोमबार राति भएको खेलमा लिभरपुलको सहज जितमा कर्टिस जोन्सले दुई […]

बार्सिलोना ला लिगा च्याम्पियन

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । क्याटलान प्रतिद्धन्द्धी स्पान्योललाई ४–२ ले पराजित गर्दै बार्सिलोना चार खेल बाँकी छँदै चार सिजनपछि ला लिगाको च्याम्पियन बनेको हो । आरसिडिई स्टेडियममा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा एलेक्स बाल्डे र जुल्स कुन्डेले समान एक गोल गरे […]

कागेश्वरी मनोहरामा खेलकूद पूर्वाधार निर्माणका लागि नगरपालिका र राखेपबीच सहमति पत्रमा हस्ताक्षर

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकामा खेलकूद पूर्वाधार निर्माणका लागि नगरपालिका र राष्ट्रिय खेलकुद परिषद (राखेप) बीच सहमति पत्रमा हस्ताक्षर भएको छ । एक कार्यक्रमकाबीच समग्र खेलकुद क्षेत्रको सम्वर्धन एवं प्रवर्धनका साथै विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय खेलकदू पूर्वाधार निर्माणका लागि नगरपालिकाका मेयर उपेन्द्र कार्की र राखेप सदस्य सचीव टंकलाल घिसिङ्गबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति अनुसार […]

च्याम्पियन्स लिगमा रियल र म्यानचेस्टर सिटीको बराबर

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा मंगलबार भएको खेल १-१ को बराबरीमा सकिएको हो । खेलको ३६ औं मिनेटमा रियलले सुरुवाती अग्रता लिएको थियो । रियललको लागि भिनिसियस जुनियरको गोलमा अग्रता लिएपनि दोस्रो हाफमा सिटीले गोल फर्काएको […]