लिभरपुलको शीर्ष चारको सम्भावना बलियो

एजेन्सी –प्रिमियर लिगमा इजिप्टका फरवार्ड मोहम्मद सलाहको ह्याट्रिक असिस्ट मद्दतमा लिभरपुलले सहज जित हात पार्दै शीर्ष चारको सम्भावना बलियो बनाएको छ ।

किङ पावर स्टेडियम लेस्टरमा लिरभपुलले घरेलु टोली लेस्टर सिटीमाथि ३–० को सहज जित हात पार्दै शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको हो । सोमबार राति भएको खेलमा लिभरपुलको सहज जितमा कर्टिस जोन्सले दुई तथा ट्रेन्ट एलेक्सान्डर आर्नोल्डले एक गोल गरे । तीनै गोलमा मोहम्मद सलाहले असिस्ट प्रदान गरे ।


यस जितसँगै पाँचौं स्थानमा रहेको लिभरपुलको ३६ खेलबाट ६५ अंक पुगेको छ । पराजित लेस्टरलाई भने रेलिगेसनको दवाव बढेको छ । लेस्टर ३६ खेलबाट ३० अंक जोडेर १९औं स्थानमा छ ।


प्रकाशित | २ जेष्ठ २०८०, मंगलवार ०८:०४