कागेश्वरी मनोहरामा खेलकूद पूर्वाधार निर्माणका लागि नगरपालिका र राखेपबीच सहमति पत्रमा हस्ताक्षर

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकामा खेलकूद पूर्वाधार निर्माणका लागि नगरपालिका र राष्ट्रिय खेलकुद परिषद (राखेप) बीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

एक कार्यक्रमकाबीच समग्र खेलकुद क्षेत्रको सम्वर्धन एवं प्रवर्धनका साथै विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय खेलकदू पूर्वाधार निर्माणका लागि नगरपालिकाका मेयर उपेन्द्र कार्की र राखेप सदस्य सचीव टंकलाल घिसिङ्गबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति अनुसार नगरपालिकाको वडा नंं १ मा बक्सिङ रिङ, वडा नम्बर ४ मा भलिबल कोर्ट र वडा नम्बर ७ मा रग्बी स्टेडियम निर्माण गरिनेछ ।

कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकूद नगरीको रुपमा विकास गर्ने योजना अनूरुप मेयर कार्कीले सम्बन्धी निकायहरुसँग पहल गर्दै आउनु भएको थियो । मेयर कार्कीकै पहलमा नगरपालिकाले बनाएको अध्ययन कार्यदलको प्रतिवेदन र राखेपको स्थगत निरीक्षपछि यो सहमति भएको हो ।

हस्ताक्षर कार्यक्रममा उपमेयर शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला सहित नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिहरु सहभागि हुनुहुन्थ्यो ।


प्रकाशित | २९ बैशाख २०८०, शुक्रबार १०:१३