साफ च्याम्पियनसिप– नेपालको समूहमा भारत, पाकिस्तान र कुवेत

काठमाडौं – नेपालले साफ च्याम्पियनसिपको सुरुवातमा कुवेतविरुद्ध खेल्ने भएको छ । असार ६ गते भारतको बैंगलुरुमा सुरु हुने प्रतियोगिताको पहिलो दिन नेपालले कुवेतको सामना गर्नेछ ।

भारतको नयाँ दिल्लीमा बुधबार भएको समूह विभाजनपछि जारी गरिएको खेलतालिकामा नेपालले दोस्रो खेल आयोजक भारत र तेस्रो खेल पाकिस्तानसँग खेल्नेछ । नेपालले साविक विजेता समेत रहेको भारतसँग असार ९ गते प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेल नेपालले पाकिस्तानसँग असार १२ गते खेल्नेछ ।

समूह बीमा अर्को नयाँ टोली लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । नेपाल अघिल्लो संस्करणको फाइनलमा पुगेको थियो । माल्दिभ्समा भएको त्यति बेलाको च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । साफ च्याम्पिनसिपको इतिहासमा नेपाल एक पटक मात्र फाइनलमा पुग्न सफल भएको थियो ।


प्रकाशित | ३ जेष्ठ २०८०, बुधबार १८:४६