एसीसी प्रिमियर कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं : एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएसँगै नेपाल फाइनलमा पुगेको छ । खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८।३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण खेल […]

इंग्लिस प्रिमियर लिग: टोटनहम र म्यानचेस्टरको बराबरी

एजेन्सी –दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परसँग २–२ गोलको बराबरीमा रोकिएको छ । टोटेनहम हटस्पर स्टेडियम लन्डनमा बिहीबार राति भएको खेलको सातौं मिनेटमा सान्चोको गोलबाट युनाइटेडले १–० को अग्रता लिन सफल भएको थियो । ४४औं मिनेटमा रासफर्डले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए […]

एसीसी प्रिमियर कप: नेपालले आज साउदीसँग खेल्दै

काठमाडौं – नेपालले एसिसी प्रिमियर कपमा आज साउदी अरेवियासँग खेल्दैछ । बिहान ९ बजे मुलपानी क्रिकेट रंगशालामा खेल सुरु हुनेछ। समूह ए मा रहेदैँ नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा कायम रहेको छ । साउदी भने २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । नेपालले पहिलो खेलमा मलेसियालाई […]

एसीसी प्रिमियर कप: बहराइनको विजयी सुरुवात

काठमाडौं – बहराइनले एसिसी प्रिमियर कपमा सिंगापुरलाई पराजित गरेको छ । जितको लागि २ सय ८७ रनको लक्ष्य पछ्याएको सिंगापुर ४३.१ ओभरमा १ सय ५४ रनमा अल आउट भयो । बहराइनका इमरान अनवारले ९ ओभरमा २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । रिजवान बुटले ९।१ ओभरमा २ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिए […]

युएईको विजयी सुरुवात

एजेन्सी -एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) ले कुवेतलाई १ सय ४३ रनले हराउँदै विजयी सुरुवात गरेको छ । टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै कुवेतलाई ३७२ रनको लक्ष्य दिएको थियो । जितको लागि ३ सय ७२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेत ३६.३ […]

एसीसी प्रिमियर कप: नेपालको सानदार विजयी सुरुवात

काठमाडौं : आजबाट सुरु एसीसी प्रिमियर कपमा नेपालले शानदार विजयी सुरुआत गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गतको समूह ए को पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै शानदार विजयी सूरुवात गरेको हो । मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि […]

एसीसी प्रिमियर कप आजबाट सुरु हुदै

काठमाडौं  -नेपालमा आज मंगलबारबाट एसीसी प्रिमियर कप सुरु हुदैछ । आज उद्घाटनको दिन दुई खेलमा एक खेल काठमाडौंको मुलपानी मैदान र अर्को खेल टियु मैदानमा १/१ आयोजना हुदैछ। घरेलु टोली नेपालले एसिसी प्रिमियर कपको पहिलो खेलमा आज मलेसियासँग खेल्दैछ । खेल बिहान ९ बजे टियु मैदान सुरुहुनेछ । त्यस्तै मुलपानी मैदानमा हुने खेलमा हङकङ र […]