बार्सिलोना ला लिगा च्याम्पियन

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । क्याटलान प्रतिद्धन्द्धी स्पान्योललाई ४–२ ले पराजित गर्दै बार्सिलोना चार खेल बाँकी छँदै चार सिजनपछि ला लिगाको च्याम्पियन बनेको हो ।

आरसिडिई स्टेडियममा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा एलेक्स बाल्डे र जुल्स कुन्डेले समान एक गोल गरे । घरेलु टोली स्पान्योलका जेभिएर पुएडो र जोसेलुले गोल फर्काए ।

बार्सिलोनाले २०२१ पछि ला लिगा उपाधि जितेको हो । जाभी हर्नान्डेज नोभेम्बर २०२१ मा प्रशिक्षक बनेपछि बार्सिलोनाले पहिलो पल्ट ला लिगाको उपाधि जितेको हो ।


प्रकाशित | १ जेष्ठ २०८०, सोमबार ०७:३९