सन्दीपले बिगबासमा आज पहिलो खेल खेल्ने

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल आज खेल्नु हुनेछ ।चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उहाँले पहिलो खेल मेलवर्न स्टार्सविरुद्ध खेल्न लाग्नु भएको हो ।होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाउनु भएको थियो ।नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण […]

रियल मड्रिड र इल्चेको खेल बराबरीमा टुंगियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र इल्चेबीचको खेल बराबरीमा टुंगिएको छ ।बुधबार राति रियल मड्रिडले इल्चेसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो । लुका मोड्रिचले २०औँ मिनेटमा पाहुना टोली रियललाई अग्रता दिलाउनु भएको थियो । ईल्चेका चाभास डी ला टोरीले ५२औं मिनेटमा बराबरी गोल फर्काउनु भएको थियो । दोस्रो स्थानको रियल […]

प्रधानमन्त्री कपको बाग्मतीको छनोट बिहीबारबाट शुरु हुने

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिता बिहीबारबाट राजधानीमा शुरु हुने भएको छ ।प्रतियोगितामा बाग्मतीका सात टोलीबीच प्रतिस्पर्धा हुने प्रदेश क्रिकेट सङ्घले जनाएको छ । सो प्रतियोगितामा वाग्मती प्रदेशका ६ जिल्ला तथा त्रिभुवन विश्व विद्यालयको टोली सहभागी हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा खेलाइने सङ्घले […]

ग्याब्रियल र केएल वाल्कर कोरोना संक्रमित

एजेन्सी । म्यान्चेस्टर सिटीका फरवार्ड ग्याब्रियल जिसस र डिफेन्डर केएल वाल्करलाई कोरोना भाइसको संक्रमण भएको छ ।संक्रमित खेलाडी तथा कर्मचारीलाई प्रिमियर लिग र सरकारको मापदण्ड अनुसार आइसोलेसनमा राखिएको छ ।सिटीले डिसेम्बर २६ मा न्युक्यासल युनाईटेड, त्यसको दुई दिनपछि एभर्टन र जनवरी ३ मा चेल्सीसंग खेल्दैछ । दुई खेलाडीले अब यी दुबै खेल गुमाउन सक्ने जनाइएको […]

मेस्सीले तोडे पेलेको कीर्तिमान

एजेन्सी । लियोनल मेस्सीले बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका छन् । स्पेनिस ला लिगा फुटबलमा मंगलबार बार्सिलोनाले रियल भालाडोलिड ३–० ले पराजित गरेको खेलमा मेस्सीले समेत गोल गरे । मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमानलाई भंग गरेका हुन् । मेस्सीले बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए […]

मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की बने फिफा वर्ष खेलाडी

एजेन्सी । बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की फिफा वर्ष अवार्ड प्रदान गरिएको छ । अवार्डका लागि मनोनयनमा परेका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले उपाधि जितेका हुन् । लेवान्डोस्कीले ५२ अंक पाएका थिए भने रोनाल्डोले ३८ र मेस्सीले ३५ अंक पाएका थिए । लेवान्डोस्कीले यो अवार्ड जितेको पहिलोपल्ट हो । विजेताको घोषणा राष्ट्रिय […]

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

काठमाडौँ । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त हुनु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले उहाँलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको शुक्रबार जानकारी दिएको हो । मुख्य प्रशिक्षकका लागि उहाँसहित १० जनाको आवेदन परेको थियो ।

error: Content is protected !!