सूर्यविनायकका मेयर थापाद्धारा राष्ट्रिय फुलकन्ट्याक्ट क्योकुसिन कराँते प्रतियोगिताको उद्घाटन

भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले खेल क्षेत्रलाई विशेष प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेमा जोड दिनु भएको छ ।

This image has an empty alt attribute; its file name is basu1-1024x768.jpg

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा शूरु दोस्रो महिला तथा पुरुष राष्ट्रिय फुलकन्ट्याक्ट क्योकुसिन कराँते प्रतियोगिताको उद्घाटन गर्नुहुँदै नगर प्रमुख थापाले खेल क्षेत्रलाई विशेष प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेमा जोड दिनु भएको हो ।

This image has an empty alt attribute; its file name is basu2-1024x768.jpg

शिक्षा र स्वास्थ्य क्षेत्र सँगै खेललाई पनि प्राथमिकतामा राखेर नगरपालिकाले आगामी नीति तथा योजना बनाउने र बजेट विनियोजन गर्ने मेयर थापाले जानकारी गराउनुभयो । खेल क्षेत्रलाई जबसम्म अगाडि बढाउन सकिन्दैन तबसम्म राष्ट अगाडि बढ्न नसक्ने भन्दै मेयर थापाले खेल क्षेत्रमा आत्मनिर्भर बन्नतर्फ प्रयास गर्नुपर्ने बताउनुभयो ।

राष्टियस्तरका विभिन्न ठाउँबाट महत्वपूर्ण ब्यक्तीत्व सहभागि भएर सूर्यविनायकमा खेल आयोजना भएकोमा खुसी ब्यक्त गर्नुहुँदै मेयर थापाले नगरपालिकाको तर्फबाट गर्नुपर्ने कुनै पनि सहयोग गर्न कञ्जुसाई नगर्ने बताउनुभयो ।

खेलमा अनुशासनको महत्वपूर्ण भूमीका हुने बताउनुहुँदै हारजीत जे भए पनि खेलाडीले खेलमा सहभागि हुनु नै ठूलो कुरा भएको बताउनुभयो ।

मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष धुब्र आचार्यले खेल मुलुकको समृद्धिसँग जोडिएको बताउँदै मानिस शारिरीक रुपमा स्वस्थ भए मात्र मानसीक रुपमा स्वस्थ हुने भएकाले खेलकुद स्वास्थ्यका लागि अनीवार्य रहेको बताउनुभयो ।

सूर्यविनायक नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले खेलकुद क्षेत्रमा के काम गर्न सकिन्छ भनेर आगामी नगर परिषद्को तयारी भइरहेको बताउनुहुँदै खेललाई विशेष प्राथमिकता दिन नगरपालिका तयार रहेको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is water-department-add.jpg

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापा, मदन भण्डारी स्पोर्टस एकेडेमीका उपमहासचिव सुर्वण श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका वडा नंं १ वडाध्यक्ष सानुकाजी कायस्थ, २ का वडाध्यक्ष प्रदीप कार्की, ३ का वडाध्यक्ष दिपेन्द्र केसी, ४ का वडाध्यक्ष लछुराम ल्यौपाने, ६ का वडाध्यक्ष ईश्वर खडका, वडा नंं १० का वडाध्यक्ष शिवराम राउत लगायत जनप्रतिनिधिहरु सहभागि हुनुहुन्थ्यो ।

उद्घाटन कार्यक्रम फुलकन्ट्याक्ट क्योकुसिन विभाग प्रमुख राजकुमार लामाको सभापतित्वमा सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रम सम्पन्न सँगै दुई दिने प्रतियोगिता शूरु भएको छ ।


प्रकाशित | २ जेष्ठ २०८०, मंगलवार २०:१४