थलीमा काठमाडौँ जिल्ला व्यापी तेक्वान्दो प्रतियोगिता हुने

काठमाडौँ -‘स्वास्थ्यका लागि खेलकुद, राष्टका लागि खेलकुद’ भन्ने नाराका साथ काठमाडौ जिल्ला व्यापी जुनियर तेक्वान्दो प्रतियोगीता थलीमा हुने भएको छ ।

थली तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगीता कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा हुने छ । प्रतियोगीता जेष्ठ ५ र ६ गरि दुई दिन सञ्चालन हुने आयोजकले जनाएको छ । ।

तेक्वान्दो खेलको विकास गर्ने उदेश्यले तेक्वान्दो खेलाडीहरुलाई राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरामा उत्पादन गर्ने र खेलाडीहरूका वृति विकास गर्ने उद्देश्यले तेक्वान्दो प्रतियोगिता ओयोजना गर्न लागिएको प्रमुख प्रशिक्षक युमा शंकर लामाले जानकारी दिनुभयो ।


प्रकाशित | ३ जेष्ठ २०८०, बुधबार २०:३३