चाँगुनारायण नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन नगरपालिका र रेडक्रसबीच सम्झौता

भक्तपुर: चाँगुनारायण नगरपालिकाले नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरसँग सम्झौता गरेको छ । नगर प्रमुख जीवन खत्री र रेडक्रस भक्तपुर शाखाकी कार्यवाहक सभापति कृष्णश्वरी हाडाबीच चालु आर्थिक वर्षमा नगबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन सम्झौता गरेको हो । गत वर्षदेखि चाँगुनारायण नगरपालिकाले नेपालमै पहिलो पटक नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराएको थियो […]

लम्पी स्किन पीडीत किसानको पशु विमाको रकम समयमै उपलब्ध गराउन चाँगुनारायणका मेयर खत्रीको माग

भक्तपुर: चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले लम्पी स्किन पीडित किसानको पशु विमाको रकम समयमै उपलब्ध गराउन विमा कम्पनीहरुसँग माग गर्नु भएको छ । नगर प्रमुख खत्रीले नगरपालिकामा अधिकांश गाईमा लम्पी स्किन रोगको संक्रमण भएको र सयौ गाई मरेको भन्दै तत्काल पशु विमाको रकम उपलब्ध गराउन माग गर्नु भएको हो । नगर प्रमुख खत्रीले नगरपालिकाको […]

कागेश्वरी मनोहरा नगरपालिकामा काठमाडौं उपत्यका विकास प्राधिकरणका १५ योजना, कुन वडामा कति ?

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकामा काठमाडौं उपत्यका विकास प्राधिकरणबाट १५ वटा योजना परेको छ । नगरपालिकाका १ देखि ९ सम्मका वडाका विभिन्न ठाउँमा १५ वटा योजना परेको हो । कागेश्वरी मनोहरा नगरपालिकाको लागि काठमाडौं उपत्यका विकास प्राधिकरणद्वारा आर्थिक वर्षा २०८०/८१ को लागि विनियोजित कार्यक्रम विवरण १. कागेश्वरी मनोहरा १ साबिक गागलफेदी वडा नं. ६ ठुलडिक […]

उद्यमशिलता प्रवद्र्धन गर्न कागेश्वरी मनोहरा नगरपालिका र स्वरोजगार कोषबीच १ करोडको सम्झौता

काठमाडौं: युवा तथा साना व्यवसायी स्वरोजगार कोष र कागेश्वरी मनोहरा नगरपालिका बिच साझेदारीमा सहकारी संस्थालाई उद्यमशिलता कर्जा लगानी गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका र नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नगरपालिकामा मंगलबार आयोजित एक कार्यक्रमकाबीच कर्जा लगानी प्रकृया सम्बन्धमा छलफल गरि दुईपक्षिय साझेदारीमा […]

चाँगुनारायणले नगरक्षेत्रभित्रै स्यानिटरी ल्याण्डफिल्ड साईटको ब्यवस्था गर्न विस्तृत परियोजना प्रस्ताव तयार गर्ने

भक्तपुर । चाँगुनारायणा नगपालिकाले स्यानिटरी ल्याण्डफिल्ड साईटको ब्यवस्था गर्न विस्तृत परियोजना प्रस्ताव तयार गर्ने नीति लिएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख जीवन खत्रीले सो कुराको जानकारी दिनु भएको हो । निजीक्षेत्रको समन्वयमा फोहोरमैला व्यवस्थापन गरिनेछ । फोहोरमैलालाई श्रोतमै वर्गीकरण गरीने नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका सार्वजनिक संघसंस्था, […]

व्यवस्थित शहर निर्माण गर्ने कागेश्वरी नगरको नीति, सहज सेवा दिन प्रविधिमा जोड, ‘हेल्प डेक्स’ थप व्यवस्थित बन्ने

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले स्वीकृत जग्गा विकास मापदण्ड कार्यान्वयन गरी व्यवस्थित शहर निर्माण गर्ने भएको छ । आर्थिक वर्ष ८०/ ८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुँदै नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले सो कुराको जानकारी दिनु भएको हो । पूवी उपत्यका नयाँ शहरी विकास आयोजना निर्माणको लागि आवश्यक नीतिगत विषयहरु टुंगाई निर्माणको कार्य सुरु […]

लम्की स्किन पीडीत कृषकलाई राहत दिने सूर्यविनायक नगरपालिकाको निर्णय

भक्तपुर: सूर्यविनायक नगरपालिकाले लम्की स्किन पीडित किसानलाई राहत दिने निर्णय गरेको छ । सूर्यविनायक नगरपालिकाको १५१ औं कार्यपालिका बैठकले लम्की स्किन पीडीत किसानलाई राहत दिने निर्णय गरेको हो । नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा बसेको बैठकले मृत्य भएका दुहुनो भाई/भैसीलाई १० हजार र थारो ब्याउने गाई/भैसी वरावर ७ हजार राहत अनुदान दिने निर्णय गरिएको हो […]