सहकारीहरुको व्यवस्थापनमा चाँगुनारायण नगरपालिका आक्रामक, निरन्तर अन्तरक्रिया तथा अनुगमन, राम्रालाई प्रोत्साहन, कानुनको पालनामा कडाई

भक्तपुर:  सहकारी संस्थाहरुले गरेका बदमासी र ठगीका घटनाहरु नेपालमा कुनै नौलो कुरा होइन । नियमनकर्ताले नियमन नगर्दा सहकारीहरु झन् झन् ग्रस्त बनेका प्रशस्तै उदाहरण भेटिएका छन् । अर्कोतर्फ सहकारीहरुले विभिन्न उत्पादनशिल क्षेत्रमा लगानी गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै राम्रा कामहरु पनि गरिरहेका छन् । सोही कुरालाई मध्यनजर गर्दै चाँगुनारायण नगरपालिकाले नगरभित्र रहेका सहकारीहरुको समस्या […]

स्मार्ट सिटीको विषयमा तत्काल निकास दिन सूर्यविनायकका मेयर बासुदेव थापाद्धारा सरोकारवाला निकायको ध्यानार्कषण

भक्तपुर:  सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले स्मार्ट सिटीको विषयमा तत्काल निकास दिन सरोकारवाला निकायको ध्यानार्कषणा गराउनु भएको छ । स्मार्ट सिटीको नाममा रोक्का जग्गाको विषयमा तत्काल निकास दिन सरोकारावाला निकायहरुको ध्यानर्कषण गराउनु भएको हो । नगर प्रमुख थापाले स्मार्ट सिटीको नाममा वर्षौसम्म जनताको जग्गा रोक्का राख्नु उचित नभएको भन्दै अब कि रोक्का जग्गा फुकुवा […]

सूर्यविनायक नगरपालिकाद्धारा लम्पी स्किन पीडीत किसानलाई २७ लाख ५२ हजार बरावरको अनुदान वितरण

भक्तपुर : सूर्यविनायक नगरपालिकाले स्थानीय तहमै पहिलो पटक लम्पी स्किन पीडीत किसानहरुलाई क्षतिर्पूित स्वस्प अनुदान वितरण गरेको छ । नगरभित्र लम्पी स्कीन महामारीमा गाई मरेर क्षति ब्यहोरेका किसानलाई क्षतिपूर्तिस्वस्प अनुदान सहयोग गरिएको हो । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख बासुदेव थापाले अनुदान वितरण गर्नु भएको हो । नगरपालिकाले शुक्रबार र आइतबार १, […]

कागेश्वरीका मेयर कार्की र आयोजना प्रमुख ओझासहितको टोलीद्धारा चाबहिल–साँखु सडक खण्डको अनुगमन, बाँकि काम ६ महिनाभित्र पूरा गर्ने प्रतिबद्धता

काठमाडौं : चाबहिल–साँखु सडकखण्डको कामको अवस्था बुझन अनुगमन गरिएको छ । गत असार मसान्तमै सम्पन्न हुनुपर्ने सडकको काम विभिन्न कारणले पूरा नहुन नसकेपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजना र कागेश्वरी मनोहरा नगरपालिकाको संयुक्त टोलीले आइतबार सडकको अनुगमन गरेको छ । आयोजना प्रमुख कृष्ण ओझा र नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीसहित जनप्रतिनिधि र प्राविधिकहरुको संयुक्त टोलीले […]

चाँगुनारायण नगरबासीलाई स्वच्छ खानेपानीको सुनिश्चित गर्न ‘सुरक्षित पानी र उत्थानशिल नगरपालिका’ परियोजनाको शुभारम्भ

भक्तपुर: चाँगुनारायण नगरबासीलाई स्व्च्छ खानेपानीको सुनीश्चत गर्ने उद्देश्यले सुरक्षित पानी र उत्थानशिल नगरपालिका सर्वोच परियोजनाको शुभारम्भ भएको छ । चाँगुनारायण नगरपालिकामा नेदरल्याण्डको आर्थिक सहयोगमा सुरु गर्न लागिएको सर्वोच परियोजनामा खानेपानी, सरसफाइ र स्वच्छता प्रणाली र सामाजिक समावेशको समान विचारधारा भएका संस्थाहरू सिमावी र विस्वा एड्भाइजर नामक संस्थासंगको साझेदारीमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) द्वारा नेपाल […]

लयमा फर्कदै काँडाघारी खानेपानी आयोजना, सबै समस्याको समाधान गरेर छिट्टै खानेपानी वितरण गर्ने मेयर कार्कीको प्रतिबद्धता (फोटोफिचर)

काठमाडौं: काँडाघारी खानेपानी आयोजना यतिबेला लयमा फर्कन थालेको छ । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की यो आयोजना सम्पन्न गर्न लागि पर्नु भएको हो । आयोजनाको यतिबेला धमाधम प्रेसर टेस्टिङ भइरहेको छ । वि.सं २०७२ सालमा नेपाल सरकारबाट स्वीकृत भएको आयोजनाको काम नगरपालिकाको अघिल्लो नेतृत्वले अघि बढाएको थियो । काम लगभग सम्पन्न भएको भनिएपनि प्रेसर […]

सूर्यविनायक नगरपालिकाले अगाडि बढायो बृहत्त खानेपानी परियोजना, वडा नंं ६ मा मेलम्चीको पानी वितरण शुभारम्भ, १ देखि ५ वडामा ६ महिनाभित्र वितरण हुने

भक्तपुर : सुर्यविनायक नगरपालिकाले बृहत्त खानेपानी परियोजनाको कामलाई तीब्रता साथ अगाडि बढाएको छ । परियोजना अन्तर्गत पहिलो चरणमा वडा नंं ६ स्थित पाण्डुबजारमा रहेको मेलच्ची खानेपानी संकलन रिजर्भ ट्यांकीबाट खानेपानी वितरणको शुभारम्भ गरिएको हो । नगर प्रमुख बासुदेव थापाले शुक्रबार ग्राभिटी फ्लो अर्थात टंयाकीभन्दा तल्लो क्षेत्रका उपभोक्तालाई खानेपानी वितरण गर्ने कार्यको शुभारम्भ गर्नु भएको हो […]